भत्ता काटिएकोमा आपत्ति जनाउँदै भूपू सैनिक भने – नेपाल-भारत मैत्री सम्बन्धलाई बलियो बनाऔँ « Khabarhub

भत्ता काटिएकोमा आपत्ति जनाउँदै भूपू सैनिक भने – नेपाल-भारत मैत्री सम्बन्धलाई बलियो बनाऔँ


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त भूपू सैनिक एवम प्रहरी कल्याणकारी महासंघले कोरोना महामारीलाई देखाउँदै आफ्नो भत्ता काटिएकोमा आपत्ति जनाएको छ ।

महासंघले सदियौं पुरानो नेपाल-भारतको मैत्री सम्बन्धलाई अझै बलियो बनाउन अनुरोध गरेका छन्। दुई मुलुकबीचको नाता दुई छिमेकी देशको आधारमा मात्र नभएर धार्मिक, सांस्कृतिक तथा पारम्परिक सभ्यता, भौगोलिक समानता र निर्भरतामा आधारित भएको जनाएको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हाम्रो सम्बन्ध जनस्तरसँग जोडिएको छ । हामी भारतीय भूपू सैनिकहरुको लागि दुबै देश बन्दनीय छन् । त्यसकारण यो सदियौं पुरानो सम्बन्धलाई अझै बलियो बनाउन नेपाल सरकारसँग अनुरोध गर्न चाहन्छौं । कोभिड-१९ महामारीकै समयमा पुरानो सीमा विवादलाई लिएर दुई देशबिच जो तिक्तता देखा परेको छ यसले यस महासंघमा आबद्ध एक लाख ५० हजार भूपू सैनिक तथा ५० हजार सेवारत भारतीय सैनिक र उनका परिवारहरु निकै चिन्तित रहेको अवगत गराउन चाहन्छौं ।”

दुवै देशबीच मित्रता कायम गरी अमनचयन र विकास देख्‍न चाहेको महासंघले विज्ञप्तिमा भनेको छ। विज्ञप्तिमा थप भनिएको छ, “कालापानी, लिम्पियाधुरा सीमा विवाद धेरै पहिला समाधान हुनुपर्ने किनकि सुगौली सन्धि सम्पन्न भएको पनि २०० वर्ष भन्दा धेरै भइसक्यो । जे होस अझैपनि दुई पक्षीय वार्ताबाट यो विवादलाई समाधान गर्न हाम्रो महासंघले सरकारसँग अनुरोध गर्दछ ।”

उत्तरी छिमेकी राष्ट्र चीनले पनि नेपालको भूमि कब्जा गरेको भन्‍ने आएकोले चीनसँग पनि यो विषयलाई उठाएर हाम्रो धर्ती नेपाललाई हस्तान्तरण गर्ने वातावरण दुई पक्षीय वार्ताबाटै बनाउन आवश्यक भएको महासंघले जनाएको छ ।

भत्ता काटिएकोमा आपत्ति

भारतीय र ब्रिटिश भूपू सैनिकलाई लक्षित गरी सामाजिक सुरक्षाबाट वञ्चित गरिएकोमा महासंघले आपत्ती जनाएको छ।
महासंघले सरकार आफैले भन्ने गरेको समृद्ध नेपाल सुखी नेपालीको ठीक विपरीत दिशातिर लागेको र न्यून आय आर्जन हुनेको स्तर उन्नति हुने खाले कुनै योजना नल्याएको आरोप लगाएको छ ।

विज्ञप्तिमा जनप्रतिनिधि र तीनै तहका पदाधिकारीहरुको सेवा सुविधा घुमाउरो पाराले वृद्धि गरी गरिब जनताको घाँटी रेटेको सरकारले दलाल र भ्रष्ट प्रवृत्तिमा अंकुश नलगाए महासंघ मुकदर्शक बनेर नबस्‍ने चेतावनी दिइएको छ।

सरकारलाई आफ्नो निर्णयमा पुन: विचार गरी यथास्थितिमै सामाजिक सुरक्षा भत्ताको नीति कायम राख्‍न महासंघले अनुरोध गरेको छ।

आफूहरुको मागको सुनुवाइ नभए पूर्व सैनिकले सडक आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । विज्ञप्तिमा भनिएको छ, “हामी पूर्व सैनिकहरुलाई सरकारले निवृत्तभरण दिन परेको छैन । त्यो जुन देशको सेवा गर्‍यो त्यहि देशले दिरहेको छ । हाम्रो निवृत्तभरणमार्फत देशमा एक दिनमा करिब २० करोडको रकम भित्रिएको छ । सेवाको समयमा हाम्रो बेतन पनि देशमा भित्रिने गर्‍यो हामीले विदेशको सेवा गरेपनि आफ्नो देशको अर्थव्यवस्थामा बल पुऱ्याउने योगदान गर्दै आइरहेको छौं । आज देशले वृद्ध अवस्थामा पाउने सामाजिक सुरक्षा भत्ता जो कि निम्‍न मात्र छ । त्यसबाट हामीलाई वन्चित गराउँदा हामीले सामाजिक भत्ताभन्दा पनि सामाजिक सम्मानबाट नै वञ्चित भएको महसुस गरिरहेका छौं ।”

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ३ : ५५ बजे

डोजर आतंक र संस्थागत हत्याविरुद्ध माइतीघरमा खबरदारी कार्यक्रम

काठमाडौं – अखिल नेपाल सुकुम्बासी संघ र संयुक्त राष्ट्रिय सुकुम्बासी

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त

अग्रज र असन्तुष्टलाई पनि साथ लिएर उत्तमले बनाए बलियो समावेशी टिम

काठमाडौं– नेपालको निजी ऊर्जा क्षेत्रको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि सांसदहरूको सुझाव

काठमाडौं–  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति

लेबनानमा इजरायली आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा भएको इजरायली हवाई आक्रमणमा परी