यी बलिउड स्टार, जसमा देखियो कोरोना पोजेटिभ « Khabarhub

यी बलिउड स्टार, जसमा देखियो कोरोना पोजेटिभ


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसका लागि सबै बराबर हो । सबै यसबाट भयभीत भइरहेका छन् ।

भारतमा दैनिक हजारौंको संख्यामा कोरोना भाइरसका बिरामी थपिएका छन् । कतिपय बलिउड सेलिब्रेटी, काम गर्ने स्टाफमा पनि कोरोना भाइरस पुष्टि भएको छ । यी बलिउड सेलिब्रेटीमा कोरोना पोजेटिभ देखिएको छ:

अमिताभ बच्चन

बलिउडका महानायक भनिने अमिताभ बच्चनमा कोरोना भाइरसको संक्रमण भएको छ । कोरोना देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

अमिताभले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानलाई धन्यवाद दिएका छन् । फ्यानले अमिताभको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।

अभिषेक बच्चन

अमिताभ बच्चनका छोरा अभिषेक बच्चनमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । अभिषेकले आफूमा पनि कोरोना संक्रमण भएको ट्वीटमार्फत जानकारी दिएका थिए ।

ऐश्वर्या राय बच्चन

अभिनेत्री ऐश्वर्या रायमा पनि कोरोना पोजेटिभ देखिएको छ । साथै उनकी छोरी आरध्यामा पनि कोरोना पोजेटिभ देखिएको छ । शुरुमा दुवैजना होम क्वारेन्टिनमा थिए ।

पछि उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

राजु खेर

अनुपम खेरका भाइ राज खेरमा पनि कोरोना पोजेटिभ देखिएको छ । साथै उनकी पत्नीमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । यी दुवैलाई अस्पतालमा भर्ना गरिएको छ ।

पुरब कोहली

बलिउडकर्मी पुरब कोहलीको परिवारमा पनि कोरोना भाइरस देखिएको छ । उनले सामाजिक सञ्जालमार्फत आफ्नो कोरोना संक्रमित भएको बताएका थिए ।

करीम मोरानी

फिल्म निर्माता करीम मोरानी पनि कोरोना भाइरसको शिकार बने । उनीसहित र्दु छोरा जोया र शाजा मोरानीमा पनि कोरोना देखिएको थियो । पछि निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

कनिका कपूर

गायिका कनिका कपूरमा पनि कोरोना पोजेटिभ देखियो । उनी बलिउडकी पहिली कोरोना पोजेटिभ हुन् ।

लण्डनबाट भारत आउने क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो । उनले भारतमा आएर पार्टीमा सहभागी जनाएका कारण पनि उनको विरोध भएको थियो ।

कोरोनाका कारण अस्पताल भर्ना भएकी उनी निको भएर घर फर्किसकेकी छिन् ।

यसका अलावा दक्षिण भारतीय अभिनेता ध्रुव सरजा र उनकी पत्नी, त्यस्तै ऐश्वर्या अर्जुनमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

अभिनेता आमिर खानका स्टाफमा पनि कोरोना भाइरसको संक्रमण भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ५ : २१ बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक