कुमारी बैंकद्वारा भैरव नवदीप उच्च माविलाई शैक्षिक सामग्री सहयोग « Khabarhub

कुमारी बैंकद्वारा भैरव नवदीप उच्च माविलाई शैक्षिक सामग्री सहयोग


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंकले पाल्पास्थित श्री भैरव नवदीप उच्च माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

कोभिड-१९ को यस विषम परिस्थितिमा विद्यालयमा नियमित पठनपाठनका लागि सहयोग हुने हेतुले  केही थान कम्प्युटर र ल्यापटप सहयोग गरेको हो ।

अनलाईन शैक्षिक क्रियाकलाप प्रयोजनार्थ सो सामग्री बैंकले विद्यालयलाई सहयोग गरेको जनाएको छ ।

बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त समारोहबीच बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनालले विद्यालयका प्रतिनिधि मानार्थ रथी यादव बहादुर रायमाझीलाई सो शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

सहयोगको उद्देश्य दैनिक शैक्षिक क्रियाकलापमा अवरोध आउन नदिई बालबालिकाको क्षमतावृद्धि र विकासमा टेवा पुर्‍याउनु रहेको बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी २०३ शाखा संजाल, १३८ एटीएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकले आफ्ना ग्राहकवर्गलाई सेवा दिँदै आएका छ ।

बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा अझै सेवामूलक तथा प्रभावकारी सेवा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ५ : २२ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा