कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए « Khabarhub

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले अन्य पार्टीमा संलग्न ५ हजार ८५३ जना कांग्रेसमा प्रवेश गरेको जानकारी दिएका हुन् ।

घर फर्क अभियानअन्तर्गत पार्टी छाडेर अन्य पार्टीमा गएकाहरू घर फर्किसकेको उनले बताए ।

कांग्रेस प्रवेश गर्नेहरूको लहर नै चलेको प्रवक्ता चालिसेले बताए। राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी जसपा, राप्रपा, लगायतका केन्द्रीय तहका नेताहरूको पार्टी प्रवेशले उत्साहित बनाएको उनले बताए।

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै रहेको प्रवक्ता चालिले बताए। बिपी कांग्रेस र बहुजन एकता पार्टी कांग्रेसमा विलय भएका छन्।

उनले भने,‘पार्टीमा प्रवेश गर्ने नेतृत्वको सङ्ख्या करिब ५ हजार ८५३ रहेको र समर्थकहरूको सङ्ख्या हजारौँ रहेको छ । निष्क्रिय भएका साथीहरू पुनःसंगठित भई सक्रिय हुने काम जारी छ ।’

उनले पार्टी नेतृत्वको अगुवाइमा सुदृढ प्रचार र जनताको अभूतपूर्व समर्थनले नेपाली कांग्रेस बहुमतको दिशातर्फ अगाडि बढेको दाबी गरे। बदलियो कांग्रेस, बदल्छौँ देश, भन्ने नारा व्यवहारिक रूपमा सफल भएको उनको भनाई छ ।

‘पार्टी नेतृत्वको अगुवाइमा सुदृढ प्रचार र जनताको अभूतपूर्व समर्थनले पार्टीलाई बहुमतको दिशातर्फ लैजादैंछ,’ उनले भने ।

प्रवक्ता चालिसेले जनताले आशा गरेको स्थिर र जबाफदेही सरकार अब कांग्रेसको नेतृत्वमा बन्ने दाबी गरे । निर्वाचनको निष्पक्षताका विषयमा सरकारको कामलाई गहिरो रूपमा कांग्रेसले अध्ययन गरिरहेको उनले बताए ।

कांग्रेस नेतृत्वको सरकारले २०८३ को नयाँ वर्षको पहिलो दिन देशवासीका नाममा सम्बोधन गर्ने र पाँच वर्षको कार्ययोजना सार्वजनिक गर्ने सुनाएको छ । हरेक महिना रिपोर्टकार्ड जनतामाझ सार्वजनिक गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  १० : ३५ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक