३६ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक | Khabarhub Khabarhub

३६ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।

सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ः५० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार सो सडकको चारकिलोमा पहिराले ६० मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरलगायतका साधनले पहिरो पन्छाइएको उहाँले जानकारी दिनुभयो । सोमबार दिनभर वर्षा र पहिरो खसिरहेपछि काम गर्न सकिएको थिएन ।

आज बिहानबाट पहिरो पन्छाउने काम थालिएको थियो । पहिरो खसेको ठाउँ नारायणगढबाट ३१ दशमलव पाँच किलोमिटर मुग्लिनतर्फ पर्दछ ।

सो ठाउँ इच्छाकामना गाउँपालिका–६ हो । सो सडकको पहिरो खस्ने अन्य ठाउँ मर्मतसम्भार गरिएको भए पनि त्यस ठाउँमा काम गर्न शुरु गर्दागर्दै पहिरो खस्न थालेको हो ।

यसअघि पनि त्यही पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सो सडक अवरुद्ध हुँदा धेरै सवारीका साधन रोकिएका थिए । सडक एकतर्फी खुलेसँगै सवारीहरु गन्तव्यतर्फ लागेका छन् । राजधानी काठमाडौँतर्फ जाने सवारी भने अगाडि पृथ्वी राजमार्गमा पुगेर रोकिने भएका छन् । सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ६ : ५७ बजे

कङ्गोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको आह्वानमा अफ्रिकी मुलुक कङ्गोमा परिचालित सबै

मुम्बई आक्रमणका दोषी तहव्वुर राणालाई भारत ल्याइने

काठमाडौं – अमेरिकी सर्वोच्च अदालतले मुम्बई आक्रमणका दोषी तहव्वुर राणालाई

भारतीय दूतावासले मनायो ७६औं गणतन्त्र दिवस

काठमाडौं – काठमाडौंस्थित भारतीय दूतावासले ७६ औं गणतन्त्र दिवस भव्यताका

गलत गर्ने जो सुकै भए पनि कारबाही गर्नुपर्छ : महामन्त्री थापा

भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा गलत गर्ने

विकासका लागि नीतिगत निरन्तरता आवश्यक : वर्षमान पुन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान