सप्तरीको राजविराज नगर क्षेत्रमा भने लकडाउन जारी रहने « Khabarhub

सप्तरीको राजविराज नगर क्षेत्रमा भने लकडाउन जारी रहने


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चैत ११ गतेदेखि लगाइएकाे लकडाउन सरकारले आज मंगलबार रातिबाट अन्त्य भएको घोषणा गरे पनि सप्तरीको राजविराज नगरपालिकामा भने जारी रहने भएको छ ।

नगरपालिकाले आज एक विज्ञप्ति जारो गर्दै साउन ७ गतेदेखि अर्को सूचना जारी नभएसम्म नगरपालिका क्षेत्रमा पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको गरेको हो ।

नगर प्रमुख शम्भुप्रसाद यादवले बुधबारबाट राजविराज नगर क्षेत्रमा पूर्ण लकडाउन गर्ने निर्णय गरेको जनाएका हुन्।

विज्ञप्तिमार्फत अत्यावश्यक सेवाबाहेक सम्पूर्ण बजार, पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र वित्तीय संस्थाहरु बन्द गर्न नगरबासीसँग अनुरोध गरेका छन्।

भारतबाट फर्किएका एक वृद्धको कोराना संक्रमणपछि मृत्यु भएको र उनको परिवारमा सबैलाई संक्रमण पुष्टि भएपछि राजविराज नगर क्षेत्रलाई पूर्ण लकडाउन गरेको नगर प्रमुख यादवले जानकारी दिए।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ९ : ०४ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय