बाढी पहिरो प्रभावितको उद्धारका लागि १ हजार सैनिक परिचालित  « Khabarhub

बाढी पहिरो प्रभावितको उद्धारका लागि १ हजार सैनिक परिचालित 


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले केही दिन देखिको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट बढी प्रभावित मुलुकका १६ जिल्लामा एक हजार जनशक्ति आवश्यक उपकरणसहित तत्काल खोजी र उद्धार कार्यमा जुटिरहेको जानकारी दिएको छ ।

उक्त जनशक्ति पहिरोमा हराएका व्यक्तिको खोजी, डुबानमा परेका नागरिकको उद्धार, राजमार्गको पहिरो पन्छाउन तथा नदिले कटाउन क्षेत्रका बस्ती संरक्षणका लागि तटबन्ध निर्माणमा संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

सेनाले बाढी, पहिरो र डुबानमा परेका व्यक्तिको तत्काल उद्धारका लागि पोखरा, बर्दिवास, इटहरी, चितवन, भरतपुर, गजुरी र रौतहटलगायत स्थानबाट तालीम प्राप्त दक्ष जनशक्तिसहित रबर बोर्ट र उपकरण परिचालन गर्ने प्रबन्ध मिलाएको छ । त्यसका लागि चार सयको सङ्ख्यामा तालीम प्राप्त जनशक्तिको व्यवस्था गरिएको जानकारी दिइएको छ ।

अविरल वर्षाका कारण आकस्मिक रुपमा हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सेनाले पूर्वतयारीको सिलसिलामा भरतपुर, सुर्खेत र इटहरीमा हेलिकोप्टर सहितको आवश्यक जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिएको छ ।

मुलुकभर केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण पहाडी जिल्लामा बाढीपहिरो तथा मध्य तराईका जिल्लामा डुबानको समस्या देखिएको छ । बाढीपहिरोबाट ठूलो सङ्ख्यामा जनधनको क्षति भएको छ । निरन्तरको वर्षाका कारण मुलुकका नदी तथा खोलामा पानीको बहाव उच्च रहेको छ ।

बाढीपहिरो र डुबान प्रभावित परिवारको राहत र उद्धारका लागि तीन तहकै सरकार र सङ्घसंस्थाबाट विभिन्न सहयोग भइरहेको छ । मुलुकका विभिन्न भागमा गएको पहिरो र नदी कटानले मुख्य राजमार्गसमेत अवरुद्ध भएकामा सडक डिभिजन कार्यालय र सुरक्षाफौजनको प्रयासमा सञ्चालनको प्रयास भइरहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : ३० बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप