विकेट लिए पनि सन्दीपको टोली पराजित « Khabarhub

विकेट लिए पनि सन्दीपको टोली पराजित


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उनको टोली जमैका तलावाज भने पराजित भएको छ ।

ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रदर्शन गर्दै एक विकेट लिन सफल भए । सो खेलमा ट्रिनबागो नाइट राइडर्स विजयी भयो । ट्रिनबागोले सन्दीपको जमैकालाई ७ विकेटले हराएको हो ।

आजको खेलमा पनि सन्दीपले पुरै चार ओभर बलिङ गरे । उनले ३० रन खर्चेर एक विकेट लिए । नवौँ ओभरमा बलिङ गर्न आएका सन्दीपले पहिलो ओभरमा मात्र २ रन खर्चिए ।

त्यसपछि ११औं ओभरमा बलिङ गर्दै उनले ११ रन दिनुका साथै एक विकेट लिए । उनले ११औँ ओभरको पाँचौँ बलमा ट्रिनबागोका मुख्य खेलाडी सुनिल नराईनलाई पवेलियन फर्काए । नराईन ५३ रनमा आउट भए । यस्तै खेलको १३औं ओभरमा सन्दीपले ७ रन खर्चिए । सन्दीपले १५औं ओभरमा १० रन दिए ।

ब्रायन लारा मैदानमा टस हारेर ब्याटिङ गरेको सन्दीपको टोली जमैकाले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । एक सय ३६ रनको लक्ष्य १८ दशमलव एक ओभरमा ट्रनबागोले तीन विकेट गुमाएर पूरा गर्‍यो । उसको जीतमा सुनील नराईनले ५३ र कोलीन मुन्रोले अविजित ४९ रनको योगदान दिए । बलिङतर्फ जमैकाका सन्दीपसँगै फिडेल एडवार्ड र मुजिब उर रहमानले एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो । उसका लागि ग्लेन फिलिप्स्ले ४२ बलमा ५८ रनको अर्धशतकीको पारी खेले । यस्तै आन्द्रे रसेलले २६ बलमा २५ रन, आसिफ अलिले १६ बलमा २२ रन तथा रमाल लेविसले अविजित रहँदै १६ बलमा १५ रन बनाए । बलिङतर्फ ट्रिनबागोका लागि अलि खान र जेडेन सिल्सले दुई दुई विकेट लिनुभयो । पराजयसँगै सन्दीपको टोली जमैका अंक तालिकाको चौथो स्थानमा झरेको छ ।

यसअघि सन्दीपले पहिलो खेलमा सेन्ट लुसियाविरुद्ध चार ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिएका थिए । उक्त खेलमा उनको टोली जमैका ५ विकेटले विजयी भएको थियो । अब जमैकाले तेस्रो खेल आइतबार दिउँसो गुयाना अमेजन वारियर्सविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १२ : ०९ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको