विश्वमा कोरोना संक्रमित २ करोड २८ लाख नाघे, ७ लाख ९६ हजार बढीको मृत्यु « Khabarhub

विश्वमा कोरोना संक्रमित २ करोड २८ लाख नाघे, ७ लाख ९६ हजार बढीको मृत्यु


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ ।

एकैदिन २ लाख ६६ हजार ४११ जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ५६ हजार १३४ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार १७५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९६ हजार ९९२ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ५५ लाख ११ हजार ६६९ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ५०५ जनाको मृत्यु भएको छ । ३२ लाख ८६ हजार ५६० जना संक्रमित भएकोमा १९ लाख ५२ हजार ८४१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५४ हजार ५७५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६७ लाख ८४ हजार १८५ पुगेको छ । त्यसमध्ये ३७ लाख ९२ हजार १५२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २६ हजार ४७७ जनाको मृत्यु भएको छ । ६० लाख २४ हजार १११ जना संक्रमित भएकोमा ४७ लाख १७ हजार २१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८३ हजार ९०८ जनाको मृत्यु भएको छ । ५५ लाख ७१ हजार ६४१ जना संक्रमित भएकोमा ४१ लाख ४४ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २७ हजार २२ जनाको ज्यान गएको छ भने ११ लाख ६२ हजार ३९२ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ८४ हजार ४८० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४९० जनाको मृत्यु भएको छ । २६ हजार ५२४ जना संक्रमित भएकोमा १९ हजार ७ सय जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ७ : ४९ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान