मध्यविन्दु अस्पतालमा उपचाररत बिरामीमा कोरोना पुष्टि, अस्पताल सिल गर्ने तयारी | Khabarhub Khabarhub

मध्यविन्दु अस्पतालमा उपचाररत बिरामीमा कोरोना पुष्टि, अस्पताल सिल गर्ने तयारी



नवलपुर । नवलपरासीपूर्वी कावासोतीमा रहेको मध्यबिन्दु जिल्ला अस्पतालका एक बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि जिल्ला अस्पतालल नै सिल गर्ने तयारी गरिएको छ ।

कावासोती नगरपालिका १६ का ४० वर्षीय पुरुष केही दिनअघिदेखि बिरामी भएर जिल्ला अस्पताल भर्ना भएका थिए ।

उनीसँगै आकस्मिक कक्षमा अन्य बिरामीहरु पनि छन् । ज्वरो आएर अस्पताल भर्ना भएका ती ब्यक्तिलाई अस्पतालका सबै चिकित्सकहरुले हेर्दै आएका थिए ।

अन्य बिरामीसरह नै उपचार भइरहेका ती बिरामीको २ दिनअघि स्वाब लिएर परीक्षणका लागि चितवन पठाइएको थियो । शुक्रबार बिहान आएको रिपोर्टमा ती ब्यक्तिलाई कोरोना पोजेटिभ देखिएपछि बिहानै अस्पतालको आइसोलेशनमा सारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईँले बताए ।

कोरोना पोजेटिभ देखिएका कावासोती नगरपालिका १६ डण्डा निवासी ती ब्यक्ति स्थानीय ब्यापारीसमेत हुन् । उनलाई संक्रमण देखिएपछि अस्पतालमा ओपीडी सेवा र भर्ना बन्द गरिएको छ ।

थप तयारीबारे अस्पताल ब्यवस्थापन समितिसहित जिल्लाका स्वास्थ्य अधिकारीहरुबीच छलफल भइरहेको अस्पतालका अध्यक्ष डा. गोपाल खनालले जानकारी दिए । शुक्रबार १ जना संक्रमित थपिएसँगै नवलपरासीपूर्वमा कोरोना संक्रमितको संख्या ३ सय ६२ पुगेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ९ : ०५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड