दुर्गेशले ल्याए ‘आलुजस्तो गायक’ « Khabarhub

दुर्गेशले ल्याए ‘आलुजस्तो गायक’


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा गायक दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । हालै एक अन्तर्वार्ताका क्रममा गीत गुनगुनाउँदा ट्रोलको शिकार भएका दुर्गेशले सोही घटनामा आधारित गीत प्रस्तुत गरेका हुन् ।

केही समयअघि ऋषि धमलालाई अन्तर्वार्ता दिने क्रममा दुर्गेशले नारायणगोपालको गीत भन्दै भक्तराज आचार्यको गीत गाएका थिए ।

त्यसपघि दुर्गेश सामाजिक सञ्जालमा ट्रोल बनेका थिए । कतिले उनलाई ‘अटो ट्युनर’ गायक भएको भन्दै आलोचना गरे ।

यसबाट ट्रोलको शिकार भएका दुर्गेशले ‘आलुजस्तो गायक’ बोलको गीत बजारमा ल्याएका हुन् । उनले गीतमा आफू कसरी गायक बने भन्ने कथा प्रस्तुत गरेका छन् । गीतका शब्द र संगीत सिर्जना बसन्त थापाले गरेका हुन् ।

गीतसँगै सार्वजनिक गरिएको भिडियोमा शिव विकको निर्देशन रहेको छ भने अर्जुन तिवारीको छायांकन रहेको छ ।

भिडियोमा दुर्गेशका साथै पल शाह, सरिता केसी र पुष्प खड्कालाई पनि देख्न सकिन्छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १० : ५६ बजे

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र