सामाजिक कार्यमा सक्रिय बन्दै पल शाह « Khabarhub

सामाजिक कार्यमा सक्रिय बन्दै पल शाह


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय मोडल तथा कलाकार पल शाह फिल्ममा भन्दा बढी म्युजिक भिडियोमा देखिएका छन् । म्युजिक भिडियोमा उनको राम्रो माग छ ।

पलले अभिनय गरेका म्युजिक भिडियोहरुले चर्चा पनि कमाउने गर्छन् । अर्कातिर म्युजिक भिडियोबाट छोटो समयमै राम्रै आम्दानी हुने भएकाले पनि कलाकारहरु यतातिर होमिने गर्छन् ।

आजभोलि भने पल शाह सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय बनेका छन् ।

लकडाउन शुरु भएसँगै पलले समस्यामा परेका चलचित्र प्राविधिकहरुको सहयोगार्थ रुपैयाँ ५ लाख दिएका थिए । प्राविधिक समस्यामा परेका बेला उनले गरेको सहयोगले राहत पुगेको थियो ।

यसैबीच पल यतिबेला कालीकोटतिर लागेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘यात्रा कालीकोटको’ भन्दै तस्वीर शेयर गरेका छन् ।

उनी कालीकोट कुनै म्युजिक भिडियोको छायांकनका लागि नभएर यसै साता गएको बाढी र पहिरोपीडितलाई राहत बाँड्न जान लागेका हुन् ।

उनी आफूले दर्ता गराएको पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपालको सहकार्यमा राहत बाँड्न जान लागेका हुन् ।

पलले बाढीपहिरोले समस्यामा पारेका ४० घरलाई लत्ताकपडा र खाद्यान्न सामग्री वितरण गर्ने बताएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १२ : ०४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्