संक्रमण देखिएका र जोखिमयुक्त ठाउँमा निःसंक्रामक पार्दै काठमाडौँ महानगर « Khabarhub

संक्रमण देखिएका र जोखिमयुक्त ठाउँमा निःसंक्रामक पार्दै काठमाडौँ महानगर


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निःसंक्रामक गर्ने (डीस–इन्फेक्टेन्ट) कार्यलाई निरन्तरता दिदैँ आएको छ ।

कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को माहामारीसँगै टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा सुरुदेखि नै डीस–इन्फेक्टेन्ट कार्यलाई निरन्तरता दिदैँ आएको थियो । संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रमा निसंक्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

यसका लागि दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गर्ने गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । ‘कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा डिस–इन्फेक्टेन्ट गर्ने र दैनिक ५ वटा टोलीले सो सम्वन्धी चनचेतनामुलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने कार्य गर्दै आएको छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘प्रत्येक वडासँग समन्वय गर्न ५ वटा अनुगमन टोली समेत परिचालन गरेका छौँ ।’

गर्मी मौसममा डेंगुलगायतको प्रकोप पनि बढ्ने भएकाले त्यसको नियन्त्रणका लागि समेत प्रभावकारी हुने हुँदा डीस–इन्फेक्टेन्ट गर्ने कार्यलाई निरन्तरता दिएको उनको भनाइ छ ।

नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले पनि संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक ठाउँलाई निःसंक्रामण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिदैँ आएको जानकारी दिए ।

‘मुख्य गरेर कालीमाटी, बल्खलगायतका बढी भिडभाड हुने तरकारी बजार, महानगरीय ट्राफिक प्रहरी महाशाखा, अस्पताल क्षेत्र र कोरोना संक्रमित भेटिएका ठाउँलाई प्राथमिकतामा राखेर निःसंक्रामक गर्ने कार्यलाई निरन्तरता दिएका छौँ,’ उनले भने, ‘एकसरो काठमाडौँ महानगरका ३२ वटै वडामा पुगिसकेका छौं । वडाबाट माग भएका ठाउँमा पठाउने गरेका छौं ।’

उनले निःसंक्रामण गर्ने प्रचलित मापदण्डबमोजिमको रसायन प्रयोग गरेर काम गरिरहेको जानकारी दिए । उनले भने, ‘जनस्वास्थ्य सुरक्षाका लागि यो जरुरी छ । यसलाई हामी भाइरसको संक्रमण निस्तेज नहुञ्जेल जारी राख्छौं ।’

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १२ : २१ बजे

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै