सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत २ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत २ संक्रमितको मृत्यु


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप २ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत २ जना कोरोना संक्रमतिको मृत्यु पुष्टि भएको हो ।

अस्पतालका प्रहरी उपरीक्षक डाक्टर प्रवीण नेपालका अनुसार मृत्यु हुनेमा काठमाडौंको बालुवाटारका एकजना पुरुष र राजविराजका अर्का पुरुष छन् ।

डा नेपालका अनुसार बालुवाटारका ७६ वर्षका पुरुषको बिहीबार साँझ अस्पतालमा ल्याइएको एक घण्टामै मृत्यु भएको हो । ती पुरुषमा कोरोना पुष्टि भएर ६ दिन अघिदेखि होम आइसोलेसन मै थिए । तर स्वास्थ्य अवस्था जटिल भएपछि बिहीबार साँझ अस्पताल ल्याइएको थियो ।

‘हिजो साँझ साढे ५ बजेतिर अस्पताल आउनु भएको बालुवाटारका ७६ वर्षका पुरुषको अस्पतालमा ल्याइएको एक घण्टामै मृत्यु भयो,’ डा नेपालले भने, ‘उहाँ ६ दिनअघि देखि कोरोना पुष्टि भएर होम आइसोलेसनमा बस्नुभएको रहेछ । गाह्रो भएपछि अस्पताल आफन्तले ल्याउनुभयो । तर उपचार गर्दागर्दै मृत्यु भयो ।’

डा नेपालका अनुसार मृत्यु भएका अर्का कोरोना संक्रमित राजविराजका ७७ वर्षका पुरुष हुन् ।

ती पुरुष साउन ३० गते काठमाडौं आएर वीर अस्पतालमा कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । तर स्वास्थ्य अवस्था विग्रिएकाले उनी शुरुमा ग्राण्डी अस्पताल गएका थिए । ग्राण्डी अस्पतालले ती पुरुषलाई ग्रिनसिटी अस्पतालमा पठायो । साउन ३२ गते वीर अस्पतालबाट कोरोनाको रिपोर्ट पोजेटिभ आएको डा नेपालले बताए ।

कोरोना पोजेटिभ भइसकेपछि पनि ग्रिनसिटी अस्पतालमै उपचारत ती पुरुषको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उक्त अस्पतालले बिहीबार साँझ सशस्त्र प्रहरी अस्पतालमा रेफर गरिदिएको डा नेपालको भनाइ छ ।

ती पुरुषलाई सशस्त्र प्रहरी अस्पतालमा बिहीबार साँझ भेन्टिलेटरमा राखिएको थियो । उनको शुक्रबार बिहान मृत्यु भएको डा नेपालले बताए ।

‘उहाँ साउन ३० गते राजविराजबाट आएर वीर अस्पतालमा स्वाब दिएर ग्राण्डी हुँदै ग्रिनसिटीमा भर्ना हुनुभएको रहेछ, साउन ३२ गते रिपोर्ट पोजेटिभ आएछ, रिपोर्ट पाजेटिभ आएपछि ग्रिनसिटीमै उपचारत हुनुहुन्थ्यो,’ डा नेपालले भने, ‘हिजो यहाँलाई ग्रिनसिटीमा धेरे गाह्रो भएपछि, सास फेर्न गाह्रो भएकाले मुखमा श्वास फेर्न ट्युव हालिन्छ, त्यही ट्युवसहित बेलुका ७ बजे पठाइदिनु भएको थियो । हामीले भन्टिलेटरमा राख्यो, तर आज बिहान १० बजे उहाँको मृत्यु भयो ।’

डा नेपालका अनुसार सशस्त्र प्रहरी अस्पतालमा हाल १४० जना कोरोना संक्रमति उपचारत छन् । ती मध्ये २ जना भेन्टिलेटर र १२ जना आइसीयुमा रहेको डा नेपालले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  २ : १३ बजे

पोखरामा गगनको स्पष्टीकरण- पन्ध्रौँ महाधिवेशनसम्म शेखर दाइ र म एकै ठाउँ छौँ

पोखरा- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चौधौँ महाधिवेशनमा सभापतिमा पराजित

महोत्तरीमा ४५ हजार बढीलाई एचपीभी खोप दिइँदै

महोत्तरी– महोत्तरीमा करिब ४५ हजार किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध एचपीभी

क्यान्सर नियन्त्रणका लागि चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि

झापाका वृद्ध र महिलाको बदनाम हुने गरी सामाग्री बनाउने ३८ युट्युबरलाई कारबाही

काठमाडौं- झापाका एकजना वृद्ध र महिलाको व्यक्तिगत गोपनीयताको ख्याल नगरी

काठमाडौँ–तराई-मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको