बार्सिलोनामा आफ्नो भविष्य बारे शंसयमा मेस्सी « Khabarhub

बार्सिलोनामा आफ्नो भविष्य बारे शंसयमा मेस्सी


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कप्तान लियोनल मेस्सीले बार्सिलोनाका नयाँ नियुक्त मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानसँगको भेटमा आफुले क्लब छाड्ने मनसाय बनाएको बताएका छन् ।आफ्नो बाँकी खेल करियरमा बार्सिलानामा भविष्य नरहेको भन्दै प्रशिक्षक कोम्यानलाई मेस्सीले स्पष्ट पारेका हुन् ।

च्याम्पियन्स लिगमा जर्मन क्लब बार्यन म्युनिखसँगको अप्रत्यासित नतिजासँग डराएका मेस्सीले क्लब र खेलाडीबीचको असमझदारी बड्दै जाँदा आएको समस्याका रुपमा देखाएका छन् ।

लिसबोनमा भएको बार्यनसँगको क्वाटरफाइनल खेलमा बार्सिलोना ८–२ गोल अन्तरको लज्जास्पद हार व्येहोरेको थियो ।

स्पेनिस पत्रिका मार्काले लेखेको छ, ‘प्रशिक्षक कोम्यानले मेस्सीसहितको आगामि सिजन २०२०–२०२१ को प्रोजेक्टमा छलफल गर्न बोलाएका थिए । तर, उक्त भेटमा मेस्सीले आफु क्लब छाड्ने मनस्थितिमा पुगेको बताएका छन् ।’

बार्सिलोनाले मेस्सीसहित सात जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । जसलाई उसले अन्य क्लबमा पठाउन चाहेको छैन । मेस्सीको हकमा यो सिजनमा उनले चाहे मात्रै पनि उनी क्लब छाड्न पाउने छैनन् । किनकी उनको क्लबसँगको सम्झौता सकिन अझै एक वर्ष बाँकी छ ।

बार्सिलोना पनि उनलाई छाडिहाल्ने योजनामा छैन । किनकी अहिलेको विश्व फुटबलमा मेस्सीको स्थान लिने धेरै खेलाडी नै छैनन् । मेस्सी त्यस्ता खेलाडी हुन् जसको स्थान लिन सक्ने खेलाडी यी नै हुन् भनेर दाबी गर्न पनि कठिन छ ।

यद्यपी मेस्सी अर्को क्लब जाँदा उनले पाउने तलबले मात्रै पनि बार्सिलोना राम्रो खेलाडीलाई क्लबमा भित्र्याउन सक्छ । तर, मेस्सीकै क्षमताका खेलाडी पाउने छैन । अहिले मेस्सी क्लबबाट सम्झौता अनुसार ७ सय मिलियन युरो पाउँछन् । तर, उनलाई लैजाने क्लबहरुले त्यत्रो पैसामा लैजान्छन् कि लैजाँदैनन् भने पनि प्रश्न उठिरहेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  २ : ३३ बजे

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१

फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु

मनिला – दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई