पहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न माग « Khabarhub

पहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न माग


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- लगातारको वर्षात‍्का कारण जोखिममा रहेका उत्तर धादिङका वस्तीहरू स्थानान्तरण गर्न गाउँवासीले आग्रह गरेका छन्।

पहिरोले पटक-पटक जोखिम भनिएका वस्तीहरू स्थानान्तरण गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिले बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग माग गरेको हो।

समितिको यही भदौ २ गतेको निर्णयले वस्ती स्थानान्तरण गर्नका लागि सिफारिस गर्दै पहल थालेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताएका छन्।

रुवीभ्याली गाउँपालिकाको वडा २ आरनडाँडा, वडा ४ हिन्दुङ, वडा ५ कपुरगाउँ झक्री टोल, लामा टोल, निवेर वडा ६ तीर, र गंगाजमुना गाउँपालिकाको वडा १ को किचेत पहिरोको उच्च जोखिममा परेकोले वस्ती स्थानान्तरण गर्न माग गरिएको हो।

वस्ती स्थानान्तरणको सिफारिसपछि गाउँमा समस्या आइरहेको र जोखिम बढेका कारण तीनवटा टोलवासीले निर्णय गरी आज बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमसँग स्थानान्तरणको माग गरेका छन्।

रुवीभ्याली-५ कपुरगाउँको लामाटोल, झाँक्रीटोलको १०१ घर, नेवेर गाउँको ८२ घर र तिरगाउँको ७५ घरधनीहरूले आफूहरू स्थानान्तरण गर्न चाहेको सामूहिक निवेदनसहित प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयसँग माग गरिएको कपुरगाउँका दिनेश तामाङले बताएका छन्।

वस्तीहरूमाथिबाट पहिरो आएर गाउँ जोखिम भएको छ भने केही घर क्षति पुगि सकेकोले समस्या आइरहेको गाउँवासीको भनाइ छ।

सो क्षेत्र भूकम्पपछि नै जोखिम सूचीमा थियो।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  २ : ५९ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका