पहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न माग « Khabarhub

पहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न माग


५ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- लगातारको वर्षात‍्का कारण जोखिममा रहेका उत्तर धादिङका वस्तीहरू स्थानान्तरण गर्न गाउँवासीले आग्रह गरेका छन्।

पहिरोले पटक-पटक जोखिम भनिएका वस्तीहरू स्थानान्तरण गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिले बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग माग गरेको हो।

समितिको यही भदौ २ गतेको निर्णयले वस्ती स्थानान्तरण गर्नका लागि सिफारिस गर्दै पहल थालेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताएका छन्।

रुवीभ्याली गाउँपालिकाको वडा २ आरनडाँडा, वडा ४ हिन्दुङ, वडा ५ कपुरगाउँ झक्री टोल, लामा टोल, निवेर वडा ६ तीर, र गंगाजमुना गाउँपालिकाको वडा १ को किचेत पहिरोको उच्च जोखिममा परेकोले वस्ती स्थानान्तरण गर्न माग गरिएको हो।

वस्ती स्थानान्तरणको सिफारिसपछि गाउँमा समस्या आइरहेको र जोखिम बढेका कारण तीनवटा टोलवासीले निर्णय गरी आज बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमसँग स्थानान्तरणको माग गरेका छन्।

रुवीभ्याली-५ कपुरगाउँको लामाटोल, झाँक्रीटोलको १०१ घर, नेवेर गाउँको ८२ घर र तिरगाउँको ७५ घरधनीहरूले आफूहरू स्थानान्तरण गर्न चाहेको सामूहिक निवेदनसहित प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयसँग माग गरिएको कपुरगाउँका दिनेश तामाङले बताएका छन्।

वस्तीहरूमाथिबाट पहिरो आएर गाउँ जोखिम भएको छ भने केही घर क्षति पुगि सकेकोले समस्या आइरहेको गाउँवासीको भनाइ छ।

सो क्षेत्र भूकम्पपछि नै जोखिम सूचीमा थियो।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  २ : ५९ बजे

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई