इराकबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको प्रतिबद्धता « Khabarhub

इराकबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको प्रतिबद्धता


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता जनाएका छन्।

इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँग ह्वाइट हाउसमा बिहीबार भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले उक्त योजनाका बारेमा जानकारी गराएका हुन् ।

इराकमा पछिल्ला वर्षहरुमा इरान समर्थित अतिवादीहरुको प्रभाव बढ्न थालेको तथा इस्लामिक स्टेटका लडाकूहरु पुनः सक्रिय हुन थालेको भन्दै प्रधानमन्त्री मुस्तफाले राष्ट्रपति ट्रम्पसँग विचारविमर्श गरेका थिए ।

ह्वाइट हाउसमा प्रधानमन्त्री मुस्तफासँगको भेटमा राष्ट्रपति ट्रम्पले भने, “हामी इराक छाड्न व्यग्र छौं, र म त्यो दिनको प्रतिक्षामा छु ।”

ट्रम्पले भने, “हामी इराकमा थियौं र अब हामी छाड्दैछौं । हामी जतिसक्दो चाँडो इराकबाट बाहिरिने छौं र हामीबीचको सम्बन्ध जहिल्यै सुमधुर छ । हामीबीच ठूलै स्तरमा तेलसम्बन्धी सम्झौता हुँदैछ । हाम्रा तेल कम्पनीहरुले इराकमा ठूलो लगानी गर्दैछन् । हाम्रो विश्वासमा इराकीहरुले आफ्नो मुलुकको रक्षा आफैं गर्न सक्षम छन् ।”

अमेरिकी सेनाको फिर्तीको समयसीमाका बारेमा सोधिएको एक प्रश्नमा अमेरिकी विदेशमन्त्री माइप पोम्पेओले हाम्रो अभियान समाप्त भएलगत्तै हामी इराक छाड्छौं भनेका छन् । उनले राष्ट्रपतिले इराकमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्न आदेश दिइसक्नु भएको छ, र त्यही अनुसार काम अघि बढिसकेको जानकारी दिए ।

इराकमा हाल पाँच हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् । गत महिना अमेरिकाका वरिष्ट सैनिक जनरलले इराकमा सानो संख्यामा अमेरिकी सैनिक तैनाथ रहने बताएका थिए । अमेरिकी केन्द्रीय कमान्डका कमान्डर जनरल फ्रान्क म्याकेन्जीले इराकी सरकारले अमेरिकी सेनाको उपस्थितिलाई स्वागत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अमेरिकी समर्थनप्राप्त इराकी प्रधानमन्त्री अल–काधिमी गत मे महिनामा देशको प्रधानमन्त्रीमा नियुक्त भइका थिए । अमेरिका–इरानबीचको शत्रुतापूर्ण सम्बन्धका कारण काधिमीले दुबै देशसँगको सम्बन्धलाई सन्तुलनमा राख्न निकै ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ४ : ०१ बजे

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार