एपीएफका ३४ खेलाडीमा कोरोना संक्रमण पुष्टि « Khabarhub

एपीएफका ३४ खेलाडीमा कोरोना संक्रमण पुष्टि


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  शसस्त्र प्रहरी बल (एपीएफ) का ३४ जना खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

बुधबार गरिएको परीक्षणमा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको एपीएफ स्रोतले खबरहबलाई बताएको छ।

अघिल्लो पटक लकडाउन हुँदा सीमा सुरक्षा कडाइका लागि प्रदेश नम्बर २ पठाइएका खेलाडी मध्ये अहिलेसम्म ३७ जनामा कोरोना पुष्टि भएको स्रोतले जानकारी दिएको हो।

प्रदेश २ बाट काठमाडौं फर्काइएको टोलीलाई दुवाकोट र चोभारको क्वारेन्टाइनमा राखिएको छ।

शुक्रबार पुष्टि भएका ३४ मध्ये १८ जना चोभारको क्वारेन्टाइनमा बसिरहेका खेलाडी र १६ जना दुवाकोट क्वारेन्टाइनमा बसेका खेलाडीमा कोरोना देखिएको हो।

३ जनामा यसअघि नै संक्रमण पुष्टि भएर अहिले उपचाररत छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ५ : ०५ बजे

बाजुरामा कांग्रेसका जनक गिरी अग्रस्थानमा

बाजुरा– बाजुरा प्रतिनिधिसभा क्षेत्रको पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार

पाँचथरमा कांग्रेस अगाडि

पाँचथर– पाँचथर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ

बैतडी–१ मा रास्वपाका हरि र एमालेका दामोदरबीच कडा प्रतिस्पर्धा

बैतडी- बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र

तत्कालै राप्रपा छोडेर स्वतन्त्र रहने रवीन्द्र मिश्रको घोषणा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचनमा हारेपछि रवीन्द्र मिश्रले

अछाम–१ मा भीम रावल पछि परे, कांग्रेसका भरतकुमार स्वाँर अघि लागे

अछाम– अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार