कोरोना संक्रमित १३३ जना आईसीयुमा र १५ को भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

कोरोना संक्रमित १३३ जना आईसीयुमा र १५ को भेन्टिलेटरमा उपचार हुँदै


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना संक्रमतिको संख्या बढ्दै जाँदा आईसीयू र भेन्टिलेटरमा समेत बिरामीहरुको चाप बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर संक्रिय संक्रमतिको संख्या १२ हजार १३२ जना रहेका छन् ।

कोरोना संक्रमित गम्भिर बिरामीहरुको आइसीयु र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार १३३ जना आईसीयूमा उपचाररत छन् भने १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार भेन्टिलेटरमा रहेका संक्रमतिहरु काठमाडौं बागमती प्रदेशका अस्पतालमा उपचारत छन् ।

यस्तै आइसीयुमा रहेका १३३ जना संक्रमित मध्ये प्रदेश १ मा १६ जना, प्रदेश २ मा ४६ जना, बागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश ५ मा १३ जना छन् ।

यस्तै कोरोनाको लक्षण देखिएर अस्पतालको आइसोलेसनमा भर्ना भएका संक्रमतिको संख्या ८ हजा ५४६ जना रहेको छ ।

हाल सरकारले कोरोनाका लक्षण देखिएका संक्रमितलाई मात्र अस्पतालमा राख्ने गरेको छ ।

कोरोनाको लक्षण भएका संस्थागत आइसोलेसनमा रहेका संक्रमित मध्ये प्रदेश नम्बर १ मा १ हजार ३९ जना, प्रदेश २मा १ हजार ८९३ जना, बागमती प्रदेशमा ३ हजार १६० जना, गण्डकी प्रदेशमा ३३९ जना, प्रदेश ५ मा ८६७ जना, कर्णाली प्रदेशमा ३१० जना र सुदूरपश्चिम प्रदेशमा ९३८ जना रहेका छन ।

नेपालमा हाल कोरोना सक्रमण पुष्टि भएका तर घरमै रहेका अर्थात होम आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या पनि ३ हजार भन्दा बढी छ ।

स्वास्थ्य मन्त्रालयको शुक्रबार सम्मको तथ्यांकका अनुसार ७ वटै प्रदेशका जिल्लाहरुमा ३ हजा ५८६ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

ती मध्ये प्रदेश १ मा २६८ जना, प्रदेश २ मा २ हजार ८९७ जना, बागमती प्रदेशमा १११ जना, गण्डकी प्रदेशमा २७ जना, प्रदेश ५ मा २४२ जना, कर्णाली प्रदेशमा १८ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना होम आइसोलेसनमा रहेका छन् ।

नेपालमा रहेका कुल संक्रमति मध्ये हालसम्म १८ हजार २१४ जना निको भएका छन् भने आज थपिएका ११ जना सहित मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ५ : २९ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र