यसपाली घन्किएनन् तीजका भाका « Khabarhub

यसपाली घन्किएनन् तीजका भाका


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – गत वर्षको तीजमा तनहुँ जिल्लाका विभिन्न ठाउँमा विविध कार्यक्रम भएका थिए । विभिन्न राजनीतिक दलका भातृ सङ्गठन, आमा समूह लगायतको आयोजनामा तीज गीत प्रतियोगिता आयोजना हुन्थे ।

महिलाहरु रातो सारी लगाउँदै कार्यक्रममा सहभागी हुन्थे, नाच्थे अनि गाउँथे ।

तर यो वर्षको तीजमा महिलाहरुले सामूहिक रुपमा भेला भएर कार्यक्रम गर्न पाएनन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले विभिन्न पालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले घरमै परिवारका सदस्यबीच सुरक्षित रुपमा तीज मनाउन आग्रह गरेको छ ।

नेपाली काङ्ग्रेसकी नेतृ एवं गण्डकी प्रदेश सभाका सदस्य सरिता गुरुङले सामाजिक सञ्जालमा गत वर्षका तीज कार्यक्रमका तस्वीर पोष्ट गर्दै शुभकामना दिएकी छिन् ।

गुरुङले कोरोनाका कारण यस वर्षको तीज खल्लो भएको बताइन् । “कोरोनाको जोखिम दिनदिनै बढ्दै छ, जिल्लाका अधिकांश स्थानमा निषेधाज्ञा लागू गरिएको छ, यो वर्षको तीज यस्तै भयो, घरमै बसेर सुरक्षित रुपमा तीज मनाउन आग्रह गर्दछु,” उनले भनिन् ।

“विगतका वर्षहरुमा धेरै ठाउँमा प्रमुख अतिथि भएर तीज मनाउन गइन्थ्यो, अहिले पहिलो पटक तीजमा घर बस्दा नयाँ अनुभूति भएको छ,” प्रदेश सभा सदस्य गुरुङले भनिन्, “कोरोनाको जोखिम कायम रहेकाले बाहिर हिँड्न भएन, सामाजिक सञ्जालमार्फत् नै दिदीबहिनीलाई शुभकामना दिएको छु ।”

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष बसुन्धरा घर्ती अघिल्ला वर्षहरुमा विभिन्न कार्यक्रममा पुग्ने गरेकोमा यो पटक घरमै बसेर तीज मनाएकी छिन् । कोरोना कहरका कारण पहिलो पटक तीज मनाउन नपाएको उनले बताइन् ।

“विगतका वर्षहरुमा विभिन्न सङ्घसङ्गठनले आयोजना गरेको तीज कार्यक्रममा सहभागी हुन्थे, यो पटक अवस्था त्यस्तो रहेन”, उनले भनिन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँले यस वर्षको तीज घरमै बसेर मनाउन आग्रह गरेको थियो ।

कोरोना जोखिम कायम रहेकाले जिल्ला प्रशासन कार्यालय तनहुँले व्यास नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका वडा नं २ देखि ९, देवघाट गाउँपालिका वडा नं ५ मा निषेधाज्ञा जारी गरेको छ भने बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिकाले पालिकास्तरमा लकडाउन घोषणा गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ५ : ५० बजे

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५०

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री 

नुवाकोट– सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४

अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक

काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।