यसपाली घन्किएनन् तीजका भाका « Khabarhub

यसपाली घन्किएनन् तीजका भाका


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – गत वर्षको तीजमा तनहुँ जिल्लाका विभिन्न ठाउँमा विविध कार्यक्रम भएका थिए । विभिन्न राजनीतिक दलका भातृ सङ्गठन, आमा समूह लगायतको आयोजनामा तीज गीत प्रतियोगिता आयोजना हुन्थे ।

महिलाहरु रातो सारी लगाउँदै कार्यक्रममा सहभागी हुन्थे, नाच्थे अनि गाउँथे ।

तर यो वर्षको तीजमा महिलाहरुले सामूहिक रुपमा भेला भएर कार्यक्रम गर्न पाएनन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले विभिन्न पालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले घरमै परिवारका सदस्यबीच सुरक्षित रुपमा तीज मनाउन आग्रह गरेको छ ।

नेपाली काङ्ग्रेसकी नेतृ एवं गण्डकी प्रदेश सभाका सदस्य सरिता गुरुङले सामाजिक सञ्जालमा गत वर्षका तीज कार्यक्रमका तस्वीर पोष्ट गर्दै शुभकामना दिएकी छिन् ।

गुरुङले कोरोनाका कारण यस वर्षको तीज खल्लो भएको बताइन् । “कोरोनाको जोखिम दिनदिनै बढ्दै छ, जिल्लाका अधिकांश स्थानमा निषेधाज्ञा लागू गरिएको छ, यो वर्षको तीज यस्तै भयो, घरमै बसेर सुरक्षित रुपमा तीज मनाउन आग्रह गर्दछु,” उनले भनिन् ।

“विगतका वर्षहरुमा धेरै ठाउँमा प्रमुख अतिथि भएर तीज मनाउन गइन्थ्यो, अहिले पहिलो पटक तीजमा घर बस्दा नयाँ अनुभूति भएको छ,” प्रदेश सभा सदस्य गुरुङले भनिन्, “कोरोनाको जोखिम कायम रहेकाले बाहिर हिँड्न भएन, सामाजिक सञ्जालमार्फत् नै दिदीबहिनीलाई शुभकामना दिएको छु ।”

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष बसुन्धरा घर्ती अघिल्ला वर्षहरुमा विभिन्न कार्यक्रममा पुग्ने गरेकोमा यो पटक घरमै बसेर तीज मनाएकी छिन् । कोरोना कहरका कारण पहिलो पटक तीज मनाउन नपाएको उनले बताइन् ।

“विगतका वर्षहरुमा विभिन्न सङ्घसङ्गठनले आयोजना गरेको तीज कार्यक्रममा सहभागी हुन्थे, यो पटक अवस्था त्यस्तो रहेन”, उनले भनिन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँले यस वर्षको तीज घरमै बसेर मनाउन आग्रह गरेको थियो ।

कोरोना जोखिम कायम रहेकाले जिल्ला प्रशासन कार्यालय तनहुँले व्यास नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका वडा नं २ देखि ९, देवघाट गाउँपालिका वडा नं ५ मा निषेधाज्ञा जारी गरेको छ भने बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिकाले पालिकास्तरमा लकडाउन घोषणा गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ५ : ५० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको