बर्दियामा जारी निषेधाज्ञा राति १२ बजेदेखि हट्ने | Khabarhub Khabarhub

बर्दियामा जारी निषेधाज्ञा राति १२ बजेदेखि हट्ने


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजापुर – जिल्ला प्रशासन कार्यालय बर्दियाले आफूले जारी गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि हटाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अध्यक्षतामा आज बसेको कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको जिप्रकाका सूचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिए ।

जिप्रकाले यही भदौ ६ गतेदेखि लागू हुने गरी बिहान ९ देखि साँझ ५ बजेसम्म व्यापारव्यवसाय सञ्चालन हुने र राति ९ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

यस्तै जिल्लाभर सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिने, चाडपर्वलगायत धार्मिकसांस्कृतिक कार्य गर्नका लागि हुने जमघट गर्न नपाइने तथा शैक्षिक संस्था, सभा, गोष्ठी, तालीम, शैलून, ब्युटी पार्लर, जिमखाना सञ्चालन गर्न नपाइने निर्णय भएको सूचना अधिकारी ढकालले जानकारी दिए ।

पछिल्लो समय जिल्लाभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण देखा परेपछि जिप्रकाले जिल्लाभर लागू हुने गरी गत साउन २५ गतेदेखि १४ दिनसम्म निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ७ : १० बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र