बर्दियामा जारी निषेधाज्ञा राति १२ बजेदेखि हट्ने « Khabarhub

बर्दियामा जारी निषेधाज्ञा राति १२ बजेदेखि हट्ने


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजापुर – जिल्ला प्रशासन कार्यालय बर्दियाले आफूले जारी गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि हटाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अध्यक्षतामा आज बसेको कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको जिप्रकाका सूचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिए ।

जिप्रकाले यही भदौ ६ गतेदेखि लागू हुने गरी बिहान ९ देखि साँझ ५ बजेसम्म व्यापारव्यवसाय सञ्चालन हुने र राति ९ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

यस्तै जिल्लाभर सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिने, चाडपर्वलगायत धार्मिकसांस्कृतिक कार्य गर्नका लागि हुने जमघट गर्न नपाइने तथा शैक्षिक संस्था, सभा, गोष्ठी, तालीम, शैलून, ब्युटी पार्लर, जिमखाना सञ्चालन गर्न नपाइने निर्णय भएको सूचना अधिकारी ढकालले जानकारी दिए ।

पछिल्लो समय जिल्लाभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण देखा परेपछि जिप्रकाले जिल्लाभर लागू हुने गरी गत साउन २५ गतेदेखि १४ दिनसम्म निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ७ : १० बजे

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको भीषण बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका