साउदीमा २३ नेपालीको अवस्था दयनीय बन्दै, ५ महिनादेखि तलब नपाएको गुनासो « Khabarhub

साउदीमा २३ नेपालीको अवस्था दयनीय बन्दै, ५ महिनादेखि तलब नपाएको गुनासो



दोहा-काठमाडौँको भीमसेनगोला रहेको गोल्डेन इगल मेनपावरमार्फत बिगत ९ महिना अघि साउदी पुगेका २३ नेपाली कामदारको अवस्था दयनीय बन्दै गएको छ ।

कम्पनीले पाँच महिनादेखि तलब नदिएको र खान बस्नको लागि समेत समस्या भएकोले उनीहरुले गुनासो गरेका छन् । अहिलेसम्म कहि कतैबाट पनि सहयोग नपाएको उनीहरुको भनाइ छ ।

पीडितहरुका अनुसार नेपालबाट मेनपावर कम्पनीले साउदीको असासात अल शमाल कंस्ट्रकटिङ कम्पनी भनेर पठाएको तर साउदी आइपुगेपछि नास ट्रस्ट स्काफोलडिङ कम्पनीमा काम गर्न लगाएको पीडित नेपालीहरुले बताएका छन् ।

उक्त कम्पनीमा पुगेपछि केही महिना मात्र काम गरेका उनीहरुलाई पाँच महिना अघि सबैलाई कामबाट निकाली दिएको र तलब पनि नदिएको हुँदा अलपत्र अवस्थामा बस्नुपर्ने बाध्यता सिर्जना भएको पीडितले गुनासो पोखेका छन ।

म्यानपावर कम्पनीले आफूहरुबाट प्रतिव्यक्ति १ लाख २० हजार रुपैयाँ लिएको बताएका छन् । उनीहरुले  मेनपावरले भने जस्तो कम्पनी पनि नभएको र तलब पनि नहुँदा दुःख भएको बताएका छन् ।

म्यानपावरले खाने बस्ने सुबिधा सहित आठ घण्टाको १ हजार साउदी रियाल हुन्छ भनेर पठाएको भएपनि यहाँ कम्पनीले आठ घण्टाको ९ सय रियाल दिने गरेको थियो भने अहिले कम्पनी बन्द भएपछि ४ महिनादेखि न काम, न दाम भएर बस्नु परेको उनीहरुको भनाइ छ ।

बिरामी हुँदा समेत समान्य औषधि उपचार पनि नगरेको भन्दै कम्पनीले तलब पनि नदिने र घर फर्किने टिकट पनि नदिने बताएका छन्।

उनीहरुका अनुसार कम्पनी र मेनपावले जे मन लाग्यो गर्नु हामी केहि सहयोग गर्दैनौं भनेपछि आफूहरुले साउदीस्थित नेपाली दूतावासको शरणमा पुग्दा पनि कुनै सुनाई नभएको पिडितहरु बताउँछन् ।

यता, दूतावासले भने पीडितहरुले काम नभए बसेको धेरै समय भएको जनाउदै उद्धारको लागि कम्पनीसंग समन्वय गरिरहेको जनाएको छ ।

एनआरएनए साउदीले पनि नेपाली दूतावास र कम्पनीलाई उनीहरको समस्या तत्काल समाधान गर्न ताकेता गरिरहेको एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालले बताए।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १० : ३७ बजे

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश

खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु