कोरोना संक्रमित पत्ता लगाउन मात्रै हालसम्म सरकारको ३ अर्ब खर्च « Khabarhub

कोरोना संक्रमित पत्ता लगाउन मात्रै हालसम्म सरकारको ३ अर्ब खर्च


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना संक्रमति पत्ता लगाउन मात्र ३ अर्ब भन्दा बढी रकम खर्च गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमित पत्ता लगाउन ५ लाख ७९ हजार ८९९ जनामा पीसीआर परीक्षण गर्दा रु ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय खर्च भएको बताए ।

उनले ३ अर्ब खर्च गरेर पीसीआर परीक्षण गर्दा ३० हजार ४८३ जनामा कोरोना पुष्टि भएको बताए ।

डा गौतमका अनुसार सरकारले कोरोना संक्रमतिको स्वाब संकलन गरी परीक्षण गर्दा अर्थात एक जना कोरोना संक्रमति केस पत्ता लगाउन मात्र रु १ लाख ४ हजार ६ सय खर्च गरेको छ ।

यस्तै संक्रमित व्यक्तिलाई ३० दिन आईसीयूमा राख्नुपर्ने भएमा प्रतिव्यक्ति थप ४ लाख ५० हजार रुपैयाँ खर्च हुने पनि डा गौतमले बताए । उनले कोरोनाको परीक्षण र संक्रमितको उपचार धेरे खर्चिलो भएको पनि बताए ।

उनले कोरोना संक्रमति पहिचान गर्न र उपचार गर्न धेरै रकम खर्च भइरहेको भन्दै सर्वसाधारणलाई कोरोनाबाट बच्न सचेत रहन समेत आग्रह गरेका छन् ।

डा गौतमले काठमाडौंमा निषेधाज्ञा गरिएकाले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन पनि आग्रह गरेका छन् ।

यस्तै अत्यावश्यक काम परेमा वा सामाग्रीहरु किन्नु पर्ने भएमा व्यक्तिसँग २ मिटरको दूरी कायम गर्न, अनिवार्य रुपमा मास्क लगाउन र साबुनपानीले मिचिमिचि हात धुन वा स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ११ : ११ बजे

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६