काखी गन्हाउने समस्या हटाउने घरेलु उपाय « Khabarhub

काखी गन्हाउने समस्या हटाउने घरेलु उपाय


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अन्य मौसमको तुलनामा गर्मी मौसममा मानिसलाई अत्यधिक पसिना आउने गर्दछ । पसिना आउनु स्वभाविक भए पनि यसको गन्धले मानिसलाई समस्यामा पार्ने गर्दछ ।

पसिना गन्हाउने समस्यासंगै मानिसमा काखी गन्हाउने समस्या समेत हुने गर्दछ । काखी गन्हाउने समस्याले मानिसको ब्यक्तित्वमा समेत असर पार्दछ । काखी गन्हाउने समस्यालाई निम्न घरेलु विधिबाट समाधान गर्न सकिन्छ ।

१. शितलमा बस्ने
पसिना गन्हाउने वा काखी गन्हाउने समस्याबाट बच्न सकेसम्म शरीरमा पसिना आउन नदिनु नै उत्तम विकल्प हुन्छ । यसकालागी मानिस अत्यधिक गर्मी हुने ठाउँमा नबस्ने सकेसम्म शितलमा बस्ने गर्नु पर्दछ ।

२. सरसफाई
काखी गन्हाउने समस्या भएकाहरुले दैनिक न्युनतम एकपल्ट नुहाउने बानी बसाउनु पर्दछ । सम्भव भए बिहान र अपरान्हमा नुहाएमा शरीर शितल भई पसिना गन्हाउने समस्या हुदैन ।

३. सुती कपडाको प्रयोग
काखी गन्हाउने समस्या भएकाहरुले हावा छिर्ने सुती वा फाईबरको कपडा लगाउनु पर्दछ । यसले अन्य कपडाको तुलनामा शरीरमा हावा छिर्न नपाउने समस्याबाट बचाउँछ ।

४. पानी र फलफूल
यो समस्या भएकाहरुले प्रसस्त मात्रामा पानी वा फलफूल खाने गर्नु पर्दछ । प्रर्याप्त पानी पिएमा पसिना गन्हाउने समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ ।

५. खाने कुरा
पसिना गन्हाउने समस्या भएकाहरुले कफी, जंक फुड, तारेका खाना खानु हुदैन । यस्ता खानाले पसिना ग्रन्थीलाई सक्रिय बनाउँछ र अत्यधिक पसिना आउने र गन्हाउने हुन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ९ : ३६ बजे

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले