बिचौलियाको मारमा केरा खेति गरेका किसान « Khabarhub

बिचौलियाको मारमा केरा खेति गरेका किसान


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्छिन । तर, स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गरेकी छन् ।

उनी मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन् । अधिकारीले गुनासो गरिन्, ‘बिचौलियाको यो मनोमानीको विषयमा तपाइँहरुले कलम चलाइदिनुपर्‍यो ।’

आफूले सस्तोमा बिक्री गर्दा उपभोक्ताले त्यहीअनुसारको मूल्यमा किन्न पाए सन्तोष हुने अधिकारीको भनाइ छ । भरतपुर महानगरपालिका–२६ भगडीमा १० बिघामा उहाँको पौलमी कृषि फार्म छ । त्यहाँको चार बिघामा चार हजार घरी केरा बिक्रीयोग्य भएको छ ।

आफ्नो बारीबाट व्यापारीले प्रतिकोसा रु तीनमा उठाउने गरेको उनी  बताउँछिन् । भारतको केरलाबाट झिकाइएको उच्चस्तरको बेर्ना लगाएको उनको भनाइ छ ।

पानीका कारण थप पाँच बिघामा लगाएको केरामध्ये ७५ प्रतिशत नष्ट भएको छ । यो पीडा हुँदाहुँदै बिक्रीयोग्य केराले पनि बजार मूल्य नपाउँदा आफू जस्ता कृषक मारमा परेको उनले दुखेसो पोखिन्  ।

जिल्लाका स्थापित केरा कृषक लक्ष्मण सुवेदी बिचौलियाको मारमा परेको गुनासो गर्छन् ।

बारीबाट प्रतिकोसा रु तीनदेखि चारमा बिक्री गरेको केरा उपभोक्ताले रु आठसम्म यहीँको बजारमा किन्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । जिल्लाभरमा उनको मात्र ७५ बिघामा केराखेती लगाइएको छ ।

भरतपुरको गौरीगञ्जबाट थोक मूल्यमा उपभोक्तालाई केरा बिक्री गरेको उनले बताए । ‘मण्डी, खुद्रा व्यापारी हुँदै उपभोक्तामा पुग्दा धेरै महँगो भएपछि मैले फार्मबाट पनि खुद्रा बेच्न थालेँ’, उनले भने ।

आम कृषक र उपभोक्ता बिचौलियाको मारमा परेको सुवेदीको भनाइ छ । सुवेदी २१ वर्षयता केराखेती गर्ने कृषकका रूपमा परिचित छन् ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घानाथ महतो केरा बारीबाट प्रतिकोसा डेढदेखि चार रुपैयाँसम्ममा बिक्री हुने गरेको भए पनि उपभोक्ताले दोब्बरभन्दा बढी तिरेर किन्नुपर्ने बाध्यता रहेको पीडा पोख्छन् ।

‘जमानादेखि हामीले पीडा पोख्दै आएका छौँ । कसले सुनिदिने’, उनले भने, ‘दुःख कृषकको तर नाफा बिचौलियालाई मात्र भयो ।’

चितवनमा केराखेती गर्ने कृषकको सङ्ख्या ७०० रहेको छ । तीन हजार बिघाभन्दा बढीमा केराखेती गरिएको छ । एक बिघामा केराखेती गर्न करिब चार लाख खर्च हुन्छ ।

उनका अनुसार एक बिघामा एक हजार ६०० बोट लगाइन्छ । एउटा बोटमा ८० देखि १०० कोसा केरा फल्ने गर्दछ ।

अहिले बजारमा लुकीछिपी भारतीय केरा आइरहेकाले यहाँको केरा बिक्री कम भएको कृषक बताउँछन् । देशका विभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा हुँदा केराको खपत कम हुँदै गर्दा बिचौलियाको मनोमानी अरु बढेको महतोको भनाइ छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : २३ बजे

उडान अवरुद्ध हुँदा विदेशबाट ३८ शव ल्याउन समस्या : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा

कैलालीका किसानलाई गहुँबाली भित्र्याउने चटारो

कैलाली– कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र