पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल « Khabarhub

पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तानसेन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन सरकारले काम गरिरहेको बताएका छन् । 

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आइतबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नीतिगत पृष्ठभूमि र साझा कार्यक्रमका आधारमा संसद्का दुई ठूला दलबीच सहयात्रा भइरहेको बताए । यो सहयात्रा २०८४को आमनिर्वाचनसम्म कायम रहने उपप्रधानमन्त्री पौडेलको भनाइ थियो । 

‘वर्तमान सरकारमा एमाले, कांग्रेस र अन्य साना दल सहभागी छौँ । नीतिगत पृष्ठभूमि र कार्यक्रमका आधारमा सहयात्रा गरिरहेका छौँ । यो कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन । त्यसैले सहयात्रा पूर्वसहमतिअनुसार अगाडि बढ्छ’, उनले भने । 

हाल स्थिर सरकारको प्रत्याभूति दिने काम भएको भन्दै उपप्रधानमन्त्री पौडेलले केही अस्थिरता खोज्ने व्यक्ति तथा पार्टीले बेला बेला सरकार ढल्दै छ भनेर हल्ला फैलाए पनि त्यो हल्लामै सीमित रहने बताए  । 

उनले खहरेका रूपमा देखा परेर मूलधारको राजनीतिमा आएका तर अस्थिरताको खोजी गरिरहेका दलहरूको भविष्य नभएको टिप्पणी गरे । 

उपप्रधानमन्त्री पौडेलले भगवती जात्राको अवलोकन गर्दै सबै मिलेर यस खालका संस्कृति र परम्परालाई संवर्द्धन गर्नुपर्ने र त्यही भावनाअनुसार सरकारले  भगवती मन्दिरको पुनः निर्माणका लागि बजेटको व्यवस्था गरेको उल्लेख गरे  । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरातात्विक सम्पदाको संरक्षण गरी धार्मिक र पर्यटकीय क्षेत्रको विकास गर्न सरकार लागिरहेको बताए । 

उनले पाल्पा सम्भावना बोकेको जिल्ला भएकाले यसलाई उर्वर र समृद्ध बनाउन यहाँका नागरिक नै जाग्न जरुरी रहेको धारणा राखे । 

मन्त्री पाण्डेले भगवती मन्दिरको आफ्नै धार्मिक, सांस्कृतिक र राष्ट्रिय महत्त्व रहेकाले यसलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको बताए  । रासस

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : ३२ बजे

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको

पासपोर्ट छुटाइदिने भन्दै ६ लाखको बार्गेनिङ, दुई युवा पक्राउ

काठमाडौं – भारतबाट युरोपेली मुलुकहरूको भिसा लगाएर नेपाली नागरिकका पासपोर्ट

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा