शुक्रबारसम्म ठूलो हावाहुरीसहितको वर्षा हुने पूर्वानुमान, सतर्क रहन आह्वान | Khabarhub Khabarhub

शुक्रबारसम्म ठूलो हावाहुरीसहितको वर्षा हुने पूर्वानुमान, सतर्क रहन आह्वान


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आजदेखि चारपाँच दिनसम्म देशका विभिन्न स्थानमा ठूलो हुरिवताससहितको वर्षा हुने पूर्वानुमान गरिएको छ ।

यो क्रम आज रातिदेखि सुरु हुने मौसमविद्ले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसविद् सजिना शाक्यका अनुसार आज दिउँसो प्रदेश १ र २ मा हुरिवतास आउने सम्भावना छ ।

अहिले पनि प्रदेश १ र २ का केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १ र २ मा चट्याङसहित वर्षा गराउने बादल विकास भइरहेको र रातिदेखि भारी वर्षाको सम्भावना रहेको शाक्यले बताइन् ।

आज राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

राति प्रदेश नं १, प्रदेश  नं २ र बागमती प्रदेशका एक दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । यो क्रम कम्तिमा आउँदो शुक्रबारसम्म कायम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : ४२ बजे

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान