आइपीएलमा आज बैँगलोर र हैदराबाद प्रतिस्पर्धा गर्दै « Khabarhub

आइपीएलमा आज बैँगलोर र हैदराबाद प्रतिस्पर्धा गर्दै


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)टी-ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने खेला नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद र विराट कोहोलीको कप्तानीमा रहेका हैदराबाद सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

अघिल्लो संकरणमा दुई टिमबीचको खेलमा दुबैले एक/एक खेल जितेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादमा राशिद खान, भुवनेश्वर कुमार, जोनी बेयर्सटो, मनिस पाण्डे, विजय शंकर, मोहमद नाबी जस्ता खेलाडी रहेका छन् ।

यता, बैंगलोरमा कोहलीसँगै आरोन फिन्च, मोइन अली, एबी डी भिलियर्स, क्रिस मोरिस, युजभेन्द्र चाहल, उमेश यादब, वासिङ्गटन सुन्दर जस्ता खेलाडी रहेका छन् ।

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १ : १५ बजे

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप