वामदेवलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णयविरुद्ध रिट, सुनुवाइ बुधबार | Khabarhub Khabarhub

वामदेवलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णयविरुद्ध रिट, सुनुवाइ बुधबार


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार रिट दायर गरेका हुन् । उनले रिटमा गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषदको र मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गरेका छन् ।

गौतम भदौ २९ गते राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए । त्रिपाठीले गौतमको नियुक्तिले संविधानको उल्लंघन हुने र संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्ने जिकिर गर्दै रिटको अन्तिम टुङ्गो नलागेसम्म गौतमलाई राष्ट्रियसभा सदस्यको हैसियतले काम गर्न नदिन माग गरेका छन् ।

रिटमा उनलाई मन्त्रिपरिषदमा सामेल नगर्न अन्तरिम आदेश पनि मागेका छन् । त्रिपाठीले राष्ट्रियसभामा मनोनीत हुने आधार, योग्यता र सक्षमतासम्बन्धी मापदण्ड जारी गर्न पनि माग गरेका छन् ।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रियसभा सचिवालय, नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतमलाई विपक्षी बनाइएको छ ।

संविधानको धारा ७८ (४) मा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको व्यक्ति उक्त प्रतिनिधिसभाको कार्यकालभर मन्त्री नियुक्त हुन नसक्ने व्यवस्था छ ।

रिटमा यही असोज ७ गते, बुधबार सुनुवाइ हुने भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ४ : ४६ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले