कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गरेको प्रतिवेदनमा के छ ? पूर्णपाठ « Khabarhub

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गरेको प्रतिवेदनमा के छ ? पूर्णपाठ


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’ नामक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

खुला मञ्चमा सुरु भएको महाधिवेशनमा प्रस्तुत यस प्रस्तावले मुलुकको ऐतिहासिक आत्मसमीक्षा, वर्तमान राष्ट्रिय परिवेश, वैचारिक दिशा तथा समुन्नत नेपालको संवैधानिक र आर्थिक मार्गचित्र प्रस्तुत गरेको छ।

सभापति थापाद्वारा प्रस्तुत प्रस्तावमा २००७ सालको क्रान्तिदेखि हालसम्मका लोकतान्त्रिक आन्दोलन र संघर्षको स्मरण गर्दै प्राप्त उपलब्धिको स्वामित्व साझा गर्नुपर्ने उल्लेख छ।

सत्ताकेन्द्रित राजनीति र युवा पुस्तासँग बढेको दूरीलाई इमानदारीपूर्वक स्वीकार गर्दै पार्टीको आन्तरिक जीवन र कार्यशैलीमा सुधार गर्नुपर्ने जोड दिइएको छ।

प्रतिवेदनमा लोकतन्त्रको विकल्प अझ गहिरो र परिणाम दिने लोकतन्त्र भएको उल्लेख गर्दै, कांग्रेस अब केवल संसदीय अंकगणितमा सीमित नभई विभाजित समाजलाई जोड्ने र नागरिकको अधिकारको रक्षा गर्ने राष्ट्रिय शक्तिका रूपमा उभिनुपर्नेमा जोड दिइएको छ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई कांग्रेसको वैचारिक पुनर्जागरणका आधारका रूपमा व्याख्या गर्दै यसले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को ध्येयलाई मूर्तरूप दिनुपर्ने प्रस्ताव गरेको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  २ : २२ बजे

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित