अब हराएको लाइसेन्सको आवेदन अनलाइनबाटै दिन सकिने « Khabarhub

अब हराएको लाइसेन्सको आवेदन अनलाइनबाटै दिन सकिने


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्राफिक प्रहरीले हराएको सवारी चालक अनुमति पत्र अनलाइन आवेदनका आधारमा दिने व्यवस्था गरेको छ ।

महाशाखाले घरबाटै अनलाइन फाराम भरेर सेवाग्रहीले चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन सकिने व्यवस्था गरेको हो ।

ट्राफिक महाशाखाले थप प्रविधिमैत्री र सेवाग्राहीलाई सहज बनाउनका लागि अनलाइन फाराम भर्न मिल्ने व्यवस्था मिलाएको हो ।

सिफारिस लिनका लागि ट्राफिक प्रहरीको वेबसाइटमा गएर फाराम भर्न सक्ने महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । उनका अनुसार महाशाखामा दैनिक २ सयको संख्यामा सिफारिसका लागि आवेदन दिन सेवाग्राही आउने गर्छन् ।

अनलाइन सिफारिस फारामका लागि वेबसाइटमा रहेको लस्ट डकुमेन्ट एप्लिकेसनमा गएर फाराम भर्न सकिने व्यवस्था छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : ५४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित