वार्ता र संवादमार्फत त्रिविका समस्या समाधान गर्न नेविसङ्घको माग | Khabarhub Khabarhub

वार्ता र संवादमार्फत त्रिविका समस्या समाधान गर्न नेविसङ्घको माग


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले वार्ता र सम्वादमार्फत त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी विश्वविद्यालयभित्र देखिएको समस्या वार्ता र संवादमार्फत समाधान गर्नुपर्ने बताएका हुन् ।

“शैक्षिक सुधारका लागि त्रिविसँग कुनै योजना छैन, शैक्षिक सुधारका लागि विद्यार्थीले आन्दोलन गर्न खोजे झुठा मुद्धा लगाएर प्रहरी दमन गरिन्छ”, उनले भने ।

अध्यक्ष ढुङ्गानाले विश्वविद्यालयभित्र दैनिक प्रहरीको प्रवेश आपत्तिजनक भएको बताए । सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने उनको भनाइ छ ।

नेविसङ्घका महामन्त्री दिपक भट्टराईले त्रिविमा प्रहरी उपस्थित गराएर विद्यार्थी र प्राध्यापकलाई आतङ्कित पार्ने काम भएको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने बताए । विश्वविद्यालयले विद्यार्थीले राखेको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

महामन्त्री भट्टराईले नेविसङ्घले विगतमा त्रिविका बेथिति अन्त्य गर्न आवाज उठाउँदै ज्ञापन पत्र दिए पनि ज्ञापनपत्रको सुनुवाइ नभएको बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : ०३ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष