कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने « Khabarhub

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएपछि निर्माण गरिएको नयाँ ट्याकको आइतबार सफल परीक्षण गरिएको छ।

नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि पहिलो चरणमा खाली ग्यास बुलेट चलाएर परीक्षण गरिएको हो। परीक्षण सफल भएपछि अन्य सवारीसाधनलाई पालैपालो सञ्चालन गराइएको उनले जानकारी दिए।

कार्यस्थलमा खटिएका सहायक आवासीय इन्जिनियर अशोक देवकोटाका अनुसार नयाँ ट्याकबाट करिब ५० वटा सवारीसाधन सञ्चालन गराइसकिएको छ। उनले सोमबारदेखि उक्त स्थानमा ग्राभेल बिछ्याउने काम सुरु हुने बताए। त्यससँगै नाली निर्माण, पानी तर्काउने व्यवस्था र सडकमाथि देखिएका चिरा पुर्ने काम अघि बढाइनेछ। थप समस्या नआएमा तीन दिनभित्र काम सकेर नियमित सवारी सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

नयाँ ट्याक करिब २५२ मिटर लामो र सात मिटर चौडा छ। पुरानो भासिएको सडकभन्दा यो ट्याक पाँचदेखि १० मिटर उचाइमा निर्माण गरिएको छ। मौसमले साथ दिएमा ३-४ दिनभित्र सम्पूर्ण काम सम्पन्न गरी सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइने योजना छ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ६ : ५६ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता