नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक असोजमा हुने « Khabarhub

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक असोजमा हुने


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज १९ गते हुने भएको छ ।

सोमवार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै असोज १९ गते दिउँसो दुई बजे केन्द्रीय समितिको बैठक बस्ने बताएको हो ।

उक्त बैठकमा कांग्रेसको १४ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ । साथै विज्ञप्तिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बैठकमा उपस्थित हुनका लागि अनुरोध समेत गरिएको छ ।

बैठकमा सहभागी हुन पीसीआर परीक्षण गराउनुपर्ने पनि जनाइएको छ । त्यसका लागि कांग्रेसले असोज १५ गते पीसीआर परीक्षण गराउनेछ । उक्त परीक्षण बिहान ११ बजेदेखि ३ बजेसम्म गराउने पनि विज्ञप्तिमार्फत जनाइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : २९ बजे

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय