बङ्गलादेशबाट मल ल्याउन भारतले सहजीकरण गर्ने « Khabarhub

बङ्गलादेशबाट मल ल्याउन भारतले सहजीकरण गर्ने


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच आज भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, रासायनिक मलको आपूर्ति, खाद्य गुणस्तर मापन, क्वारेन्टिनको प्रभावकारिता, उन्नत बालीवस्तुको आनुवांशिकी (जर्मप्लाज्म) आदानप्रदानलगायत विषयमा छलफल भएको छ ।

कृषि मन्त्रालयमा भएको भेटमा मन्त्री भुसालले नेपाल र भारतका बहुसङ्ख्यक जनताको जीवनसँग प्रत्यक्ष जोडिएको कृषिको विकासमा दुवै मुलुकबीच अझ धेरै सहकार्यको आवश्यकतामा जोड दिए ।

भारतीय राजदूत क्वात्राले बङ्गलादेशबाट आयात गर्न लागिएको ५० हजार टन युरिया मलको आपूर्तिमा भारतले हरेक हिसाबले सहजीकरण गर्ने बताएको मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।

भारतीय राजदूतले कृषिको विकासमा नेपालसँगको सहकार्यले कृषि मात्र नभई नेपाल–भारत सम्बन्धलाई पनि अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने बताउँदै नेपाललाई आवश्यक पर्ने रासायनिक मलको नियमित आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि सहयोग गर्न भारत सधैंँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : ४० बजे

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध

विस्थापित सुकुमबासीबारे पोखरेल- नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले थापाथलीस्थित बागमती किनारको बस्ती

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन– नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको