विदेशमा अलपत्र नेपाली ल्याउन नियमित उडानको संख्या थप्न आग्रह « Khabarhub

विदेशमा अलपत्र नेपाली ल्याउन नियमित उडानको संख्या थप्न आग्रह


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगारी र अन्य कामले विदेश गएर कोरोना भाइरसको संक्रमण (कोभिड- १९) का कारण अन्तर्राष्ट्रिय हवाइ उडान नहुँदा उतै रोकिएका नेपालीलाई स्वदेश फर्काउन नियमित उडान संख्या थप्‍नुपर्ने सम्बन्धित देशका लागि नेपाली राजदूतहरुले बताएका छन् ।

कोरोना संक्रमणका कारण उडान बन्द हुँदा नेपाल आउन नपाएका, रोजगारी गुमाएका र भिसा अवधि सकिएका हजारौं नेपाली स्वदेश फर्किन तयार रहेकाले उडानको संख्या बढाउनका लागि पहल गरिदिन राजदूतहरूले संसदीय समितिलाई आग्रह गरेका हुन् ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसँगको भर्चुअल बैठकमा मलेसिया, खाडी लगायत श्रम गन्तव्य मुलुकका राजदूतहरूले यो आग्रह गरेका हुन् ।

परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई उक्त कुराको जानकारी गराएको बताउँदै राजदूत पाण्डेले समितिलाई पनि उक्त विषयमा मन्त्रालयसँग छलफल गरिदिन आग्रह गरेका थिए ।

कहाँ कति छन् घर फर्कन चाहने नेपाली

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ११ हजार बढी नेपाली श्रमिक स्वदेश फर्किए पनि अझै करिब ८ हजारले फर्किनका लागि दूतावासमा नाम दर्ता गराएको बताए ।

स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३ सय नेपालीहरूको भिसा अवधि सकिने गरेकाले पनि त्यो संख्या थपिँदै आएको उनले जानकारी दिए । दसैं र तिहारको समय नजिकिँदै गर्दा पनि त्यो संख्या बढ्ने भएकाले प्रत्येक साता मलेसियाका लागि १६ वटा नियमित उडान आवश्यक पर्ने उनको भनाइ थियो ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले राजदूतावासमा स्वदेश फर्किनका लागि भनेर नाम दर्ता गराउनेको संख्या ९ हजार २ सय भन्दा बढी रहेको बताए । कतारमा भने त्यसरी स्वदेश फर्किन चाहनेको संख्या २० हजारभन्दा बढी रहेको राजदूत नारदनाथ भारद्वाजले जानकारी दिए ।

कतारका लागि दैनिक ४ वटा उडान गर्न नसके अहिले कतारमा थन्किएका १६ हजार भन्दा बढी र दसैं-तिहारमा घर फर्किन चाहनेहरू समस्यामा पर्ने उनको भनाइ थियो ।

साउदी अरेबियाका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले २८ हजार बढीले स्वदेश फर्किन निवेदन दिएकोमा १० हजारलाई मात्रै पठाउन सकिएको बताए ।

मलेसियाका लागि नेपाली राजदूत पाण्डेले कल्याणकारी कोषबाट उद्धार गर्ने नीति सरकारले लिएपनि व्यवहारिक हुन नसकेको भन्दै परिमार्जन गर्न संसदीय समितिलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : ३० बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका