महामारीले बेलायतमा अझै जटिल दिन आउनसक्ने चेतावनी | Khabarhub Khabarhub

महामारीले बेलायतमा अझै जटिल दिन आउनसक्ने चेतावनी


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतका वरिष्ठ चिकित्सा सल्लाहकारहरुले देशमा कोरोनाभाइरसका कारण नराम्रो दिन आउन सक्ने चेतावनी दिएका छन् ।

महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने उनीहरुले सोमबार चेतावनी दिएका हुन् ।

कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने उनीहरुको विश्लेषण छ ।

दोस्रो चरणको महामारीमा हरेक हप्ता दोब्बर संक्रमितहरुको संख्यामा बृद्धि हुदै गइरहेको र पहिलो चरणको भन्दा तीव्र भएको उनीहरुको भनाइ छ ।

त्यो महामारीको फैलावट रोक्नका लागि पहिलाकोभन्दा तीव्र र प्रभावकारी उपायहरु अवलम्बन गर्नु पर्नेमा प्रमुख बैज्ञानिक अधिकृत पात्रिक भलान्सले जोड दिए।

उनले भने, “अन्य देशहरुको यस्तै अभ्यास र अवस्था हेर्दा मृत्यु हुनेहरुको संख्या धेरै बृद्धि हुँदै जाने देखिएको छ ।”

उनले बेलायतीसँग गलत मानसिकता रहेको र त्यसले नै नराम्रो अवस्थामा पुर्‍याउन सहयोग पुर्‍याउने चिन्ता पनि व्यक्त गरे ।

चिन्ताजनक अवस्था बढ्दै गएकाले प्रधानमन्त्री बोरिस जोनसोनले पनि यसै हप्ता थप प्रतिवन्धात्मक व्यवस्थाहरु घोषणा गर्ने अपेक्षा गरिएको बताइएको छ ।

कोरोनाभाइरसबाट संक्रमितहरुको संख्याका आधारमा बेलायत अहिले १४ औँ अग्रपङक्तिमा पर्दछ । बेलायतमा अहिलेसम्म तीन लाख ९४ हजार २५७ जना संक्रमित भएका छन् भने तीमध्ये ४१ हजार ७७७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ९ : ४१ बजे

दशैँ सुरु भएसँगै काठमाडौं छाड्नेको भीड (तस्बिरहरू) 

काठमाडौं– हिन्दूहरूको महान पर्व बडादशैँ आजदेखि सुरु भएको छ ।

प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने ६ जना गहनासहित पक्राउ

काठमाडौं – प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने पाँच

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी– मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

घटस्थापना: दशैँको सुरुवात, के छ विधि ?

काठमाडौं – नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दशैँ

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन

काठमाडौं – गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकको यातायात सोमबार बिहान