कुछ कुछ होता हैको २२ वर्ष पुरा, किन रिसाए अनुपम खेर « Khabarhub

कुछ कुछ होता हैको २२ वर्ष पुरा, किन रिसाए अनुपम खेर


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

करण जौहरको निर्देशनमा निर्माण भएको हिन्दी सुपरहिट फिल्म ‘कुछ कुछ होता है’ले प्रर्दशनको २२ बर्ष पुरा गरेको छ । यस विशेष अवसरमा धर्मा प्रोडक्शनको ट्विटर ह्याण्डलमा एक भिडियो ट्वीट गर्दै यस फिल्मको सम्झनायोग्य दृष्यहरु शेयर गरे ।

शेयर गरिएको भिडियोमा शाहरुख खान, काजोल, रानी मुखर्जी, करण जौहर र अप्रूव मेहतालाई ट्याग गरिएको छ । तर यो कुरा अभिनेता अनुपम खेरलाई चित्त बुझेन । उक्त शेयर भिडियोको बिषयमा अनुपमले गुनासो गर्दै अर्काे ट्वीट गरे ।

खासमा ‘कुछ कुछ होता है’मा अनुपम खेर टीना मल्होत्रा अर्थात रानी मुखर्जीका पिता र काजोल अध्ययनरत कलेजका प्रिन्सिपल मल्होत्राको भुमिकामा थिए । उनको भुमिका फिल्ममा निकै अहम् थियो ।

तर यस्तोमा धर्माको ट्वीटमा आफुलाई ट्याग नगरेकोमा अनुपम रिसाएका हुन् । अनुपमले ट्वीटमा म पनि फिल्ममा थिए मित्र, ‘मलाई नि ट्याग गरिदिएको भए हुने थियो । ठिकै छ फिल्मको पात्र बनेर खुसी छु’ लेखेका छन् ।

फिल्म ‘कुछ कुछ होता है’मा अनुपम खेरका अलावा सना सईद, अर्चना पूरन सिंह, फरीदा जलाल र हिमानी शिवपुरीको समेत अहम भुमिका थियो । साथै सलमान खानको समेत केमियो थियो । तर उनीहरु कसैलाई ट्याग गरिएन ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  २ : २१ बजे

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि

विपद्का कारण राजमार्ग प्रभावित

काठमाडौँ– बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा