भीमेश्वरले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने | Khabarhub Khabarhub

भीमेश्वरले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- भीमेश्वर नगरपालिकाले नगरवासीको निःशुल्क कोरोना परीक्षण तथा उपचार गर्ने भएको छ ।

संघीय सरकारले कोरोना संक्रमित नागरिकको उपचार नगर्ने घोषणा गरिरहेका बेला भीमेश्वरले निशुल्क उपचार गर्ने घोषणा गरेको हो।

भीमेश्वर नगरकार्यपालिकाको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पंछिएको सरकारको चौतर्फी विरोध भइरहेका बेला भीमेश्वरको सो निर्णयले नगरवासीलाई केही राहत महशुस भएको छ ।

भीमेश्वर नगरपालिकामा स्थायी बसोवास गरिरहेका नागरिकहरुलाई कोरोनाको लक्षण देखिएमा निःशुल्क पीसीआर परीक्षण तथा आइसोलेसनमा राखी उपचार गर्ने भीमेश्वर नगरकार्यपालिकाको बैठकले निर्णय गरेको प्रबक्ता हरिबंश चौँलागाईंले बताए ।

भीमेश्वर नगरपालिकामा हालसम्म २ दर्जनभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । संक्रामक रोग तथा महामारी नियन्त्रणका लागि चालु आर्थिक बर्षको लागि विनियोजित करिब ४० लाख बजेटबाट उनीहरुको निशुल्क उपचार गरिने जनाइएको छ ।

नगरपालिकाले छुट्टै आइसोलेसन कक्ष निर्माण गरि यसअघि पनि निशुल्क उपचार गर्दै आईरहेको थियो । पीसीआर परीक्षण तथा उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नैं ब्यहोर्ने प्रवक्ता चौँलागाईंको भनाइ छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ३ : ३८ बजे

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस