थप २६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७९१ पुग्यो | Khabarhub Khabarhub

थप २६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७९१ पुग्यो


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा  २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि मंगलबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

गत २४ घण्टामा ५ हजार ७४३ जना जना भेटिएसँगै संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। कुल संक्रमितमध्ये ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ।  हाल ४ हजार ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ४ : ४० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष