पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ « Khabarhub

पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– “दिनमा घामले पोल्छ, रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प केही नभएपछि यही त्रिपालमुनि गुजरा चलाइरहेका छौँ”, बारेकोट गाउँपालिका–४ गोठगाउँ तलगाउँकी गोरी नेपालीले पीडा सुनाइन ।

गत असार २५ गते मध्यरातमा आएको पहिराले घर बगाएपछि उनको ६ जनाको परिवार विस्थापित भएर नजिकैको जङ्गलमा त्रिपाल टाँगेर बसेको छ ।

गाउँपालिका र अन्य सङ्घसंस्थाले राहतस्वरुप दिएको केही खाद्यान्नले केही समय जेनतेन चल्यो । भएको पाखोबारी सबै पहिराले लग्यो ।

“घरमा कमाइ गर्ने कोइ नाइ, अब के खाएर बाँच्ने हो, पेटभरि खान पाएका छैनौँ, हामी त साह्रै समस्यामा पर्‍यौँ हजुर”, गोरीले भनिन्, “पहिले घर भएको ठाउँ फर्कन सक्ने अवस्था छैन, कहिलेसम्म यसरी त्रिपालमै बस्नुपर्ने हो कुनै टुङ्गो छैन ।”

उनजस्तै १४ दलित परिवार अहिले पनि विस्थापित जीवन बिताइरहेका छन् । पहिराले केही घर बगाएको र बस्नै नमिल्ने गरी चर्किएपछि उनीहरु त्रिपालको सहारा लिएर बसिरहेका छन् । केही समय विद्यालयमा बसेका उनीहरु अहिले जङ्गलमा बसेका छन् । विद्यालयमा पढाई शूरु हुन थालेपछि जंगलमा त्रिपाल टाँगेर बस्न थालेका हुन् ।

“त्यही त्रिपालमै जमारा राखेका छौँ”, विस्थापित नैनबहादुर नेपालीले भने, “मिठोमसिनो खाने, नयाँ लुगा लगाउने र घरमै बसेर टीकाटालो गरेर दशैँ मनाउने त सपना भइसक्यो, त्रिपालमै भए पनि पेटभरि खान पाए हाम्रो लागि त्यही दशैँ हुने थियो ।”

बारेकोटमा गएको पहिरामा परी १४ जनाको ज्यान गएको थियो भने एक हजार ५६ परिवार विस्थापित भएका थिए । वर्षात् रोकिएपछि अन्य परिवार घर फर्किए पनि तलगाउँका १४ दलित परिवार घर फर्कन सकेका छैनन् ।

“हाम्रो बस्ने ठाउँ पहिराले सबै बगाएर लग्यो, हामीलाई पुर्नवासको व्यवस्था गरिदिनुपर्‍यो”, विस्थापित गोपाल कामीले भने, “हाम्रो समस्या भनेकै गाँस र बासको हो ।” चिसोले ज्येष्ठ नागरिक र बालबालिकालाई सताउन थालेको छ ।

घाट र काउलीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल भए पनि पैसा नहुँदा चामल ल्याउन नसकेको पीडितको भनाइ छ । विस्थापित परिवारलाई पुनःस्थापनाका लागि गाउँपालिकासँग स्रोत साधनको अभाव भएकाले प्रदेश र सङ्घीय सरकारलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ५ : १२ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री