पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ « Khabarhub

पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमरा राखेर दशैँ


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– “दिनमा घामले पोल्छ, रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प केही नभएपछि यही त्रिपालमुनि गुजरा चलाइरहेका छौँ”, बारेकोट गाउँपालिका–४ गोठगाउँ तलगाउँकी गोरी नेपालीले पीडा सुनाइन ।

गत असार २५ गते मध्यरातमा आएको पहिराले घर बगाएपछि उनको ६ जनाको परिवार विस्थापित भएर नजिकैको जङ्गलमा त्रिपाल टाँगेर बसेको छ ।

गाउँपालिका र अन्य सङ्घसंस्थाले राहतस्वरुप दिएको केही खाद्यान्नले केही समय जेनतेन चल्यो । भएको पाखोबारी सबै पहिराले लग्यो ।

“घरमा कमाइ गर्ने कोइ नाइ, अब के खाएर बाँच्ने हो, पेटभरि खान पाएका छैनौँ, हामी त साह्रै समस्यामा पर्‍यौँ हजुर”, गोरीले भनिन्, “पहिले घर भएको ठाउँ फर्कन सक्ने अवस्था छैन, कहिलेसम्म यसरी त्रिपालमै बस्नुपर्ने हो कुनै टुङ्गो छैन ।”

उनजस्तै १४ दलित परिवार अहिले पनि विस्थापित जीवन बिताइरहेका छन् । पहिराले केही घर बगाएको र बस्नै नमिल्ने गरी चर्किएपछि उनीहरु त्रिपालको सहारा लिएर बसिरहेका छन् । केही समय विद्यालयमा बसेका उनीहरु अहिले जङ्गलमा बसेका छन् । विद्यालयमा पढाई शूरु हुन थालेपछि जंगलमा त्रिपाल टाँगेर बस्न थालेका हुन् ।

“त्यही त्रिपालमै जमारा राखेका छौँ”, विस्थापित नैनबहादुर नेपालीले भने, “मिठोमसिनो खाने, नयाँ लुगा लगाउने र घरमै बसेर टीकाटालो गरेर दशैँ मनाउने त सपना भइसक्यो, त्रिपालमै भए पनि पेटभरि खान पाए हाम्रो लागि त्यही दशैँ हुने थियो ।”

बारेकोटमा गएको पहिरामा परी १४ जनाको ज्यान गएको थियो भने एक हजार ५६ परिवार विस्थापित भएका थिए । वर्षात् रोकिएपछि अन्य परिवार घर फर्किए पनि तलगाउँका १४ दलित परिवार घर फर्कन सकेका छैनन् ।

“हाम्रो बस्ने ठाउँ पहिराले सबै बगाएर लग्यो, हामीलाई पुर्नवासको व्यवस्था गरिदिनुपर्‍यो”, विस्थापित गोपाल कामीले भने, “हाम्रो समस्या भनेकै गाँस र बासको हो ।” चिसोले ज्येष्ठ नागरिक र बालबालिकालाई सताउन थालेको छ ।

घाट र काउलीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल भए पनि पैसा नहुँदा चामल ल्याउन नसकेको पीडितको भनाइ छ । विस्थापित परिवारलाई पुनःस्थापनाका लागि गाउँपालिकासँग स्रोत साधनको अभाव भएकाले प्रदेश र सङ्घीय सरकारलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ५ : १२ बजे

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका