दसैं बिदामा पनि मानवअधिकार आयोगको कार्यालय खुल्ने | Khabarhub Khabarhub

दसैं बिदामा पनि मानवअधिकार आयोगको कार्यालय खुल्ने


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालयहरु दसैं बिदामा पनि खुल्ने भएका छन् ।

आयोगले विज्ञप्ति जारी गर्दै मानव अधिकार उल्लंघनका घटनाहरुको उजुरी ग्रहण गर्नका लागि १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहन जनाएको छ ।

साथै, आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने पनि जनाइएको छ ।

आयोगले डा. टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी पनि तोकेको छ ।

यसैगरी आयोगको काम कारवाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन प्रवक्ता पोखरेलसहित उपसचिव बुद्धनारायण सहनी केवट, उपसचिव सोमनाथ सुवेदी, अधिकृत दुर्गा पोखरेललाई तोकिएको सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १० : ०४ बजे

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे