दसैं बिदामा पनि मानवअधिकार आयोगको कार्यालय खुल्ने « Khabarhub

दसैं बिदामा पनि मानवअधिकार आयोगको कार्यालय खुल्ने


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालयहरु दसैं बिदामा पनि खुल्ने भएका छन् ।

आयोगले विज्ञप्ति जारी गर्दै मानव अधिकार उल्लंघनका घटनाहरुको उजुरी ग्रहण गर्नका लागि १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहन जनाएको छ ।

साथै, आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने पनि जनाइएको छ ।

आयोगले डा. टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी पनि तोकेको छ ।

यसैगरी आयोगको काम कारवाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन प्रवक्ता पोखरेलसहित उपसचिव बुद्धनारायण सहनी केवट, उपसचिव सोमनाथ सुवेदी, अधिकृत दुर्गा पोखरेललाई तोकिएको सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १० : ०४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा