पत्थरी भयो ? थाहा पाउनोस् के खाने, के नखाने « Khabarhub

पत्थरी भयो ? थाहा पाउनोस् के खाने, के नखाने


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव शरीरको विकार वस्तुमध्ये पिसाब एक प्रकारको जटिल रसायन हो । यसमा पत्थरी बनाउने र पत्थरी बन्न नदिने दुईवटै तत्व हुन्छ ।

पिसाबमा रहेको क्याल्सियम र ओक्जालेटले पत्थरी बनाउँछ भने नेफ्रोक्याल्सिन, युरोपोन्टिन र ट्याम–हर्सफल प्रोटिनले पत्थरी बन्न दिँदैन ।

कुनै कारणवश पिसाबमा पत्थरी बन्ने तत्व बढ्यो भने यो समस्या उत्पन्न हुन्छ । मिर्गौलामा उत्पन्न हुने विविध समस्यामध्ये पत्थरी पनि एउटा हो ।

अव्यवस्थित जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुने गर्छ । त्यसैले सही खानपानले पनि यस्तो पत्थरीबाट बच्न सकिन्छ ।

यस्ता खानेकुरा खानुस्

१. भिटामिन सीको राम्रो स्रोत मानिने कागतीमा हुने सिट्रेट नामक तत्वले क्याल्सियम अक्जलेट पत्थरी हुनबाट बचाउँछ ।

२. गहतको दाल सेवनले पत्थरी रोग नियन्त्रणमा निकै सघाउ पुर्‍याउँछ । यसले मिर्गौलामा बनेको पत्थरी सहजै निकाल्न मद्दत गर्दछ ।

३. गाजरमा हुने पायरोफा स्फेट र वनस्पतीय अम्लले पत्थरी बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ । यसका साथै गाजरमा पाइने केरोटिनले मूत्रनलीमा हुने घाउ निको पार्दछ ।

४. पत्थरी भएका व्यक्तिले अन्य समयमा भन्दा बढी पानी पिउँनु जरुरी हुन्छ । बढी पानी पिउँदा पिसाबको मात्रा बढ्छ र मिर्गौलामा बनेको पत्थरलाईं बगाएर फ्याक्न मद्दत गर्छ ।

५. पत्थरी हुँदा नरिवल पानी पिउँनु निकै लाभदायक मानिन्छ । यसमा पत्थर बन्न रोक्ने र बढ्न नदिने गुण रहेको हुन्छ । जसले मिर्गौलामा पत्थरी बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ ।

६. पत्थरी भए हरियो मकैको चिया पिउँनु लाभदायक हुन्छ । मकैमा हुने प्रोटीन, कार्बोहाइड्रेट्स, भिटामिन र मिनिरल्सको मात्राले मूत्र उत्सर्जनलाई बढाउने गर्दछ । साथै यसको सेवनले पत्थरी बन्ने क्रियालाई रोक्दछ ।

७. मिर्गौला सम्बन्धि समस्या उपयोगी जौंको माड पत्थरी, मिर्गौला तथा मुत्रमार्गको संक्रमणबाट बचाउन उपयोगी मानिन्छ । तसर्थ जौंको माड बनाएर पिउनुहोस् ।

८. भुई कटहरमा पनि पत्थरीलाई गाल्ने इञ्जाइम हुन्छ । यसले पत्थरीका बिरामीलाई राहत पुर्‍याउँछ  ।

९. पत्थरीका बिरामीलाई केराले पनि लाभ पुर्‍याउँछ । केरामा पाइने भिटामिन बी ६ ले अक्जलिक एसिडलाई तोडेर आक्जेलेट क्रिस्टल बन्नबाट बचाउँछ ।

१०. बदामले स्वास्थ्यमा निकै फाइदा पुर्‍याउँछ । मिर्गौलाको पत्थरीमा यो अत्यन्त लाभदायक मानिन्छ । यसको सेवनले मिर्गौलामा पत्थरी बन्न दिँदैन ।

यी खानेकुरा नखानुहोस्

पत्थरीका विरामीले फलफुलमा कालो अंगुर, काक्रो, अमलाको सेवन गर्नु हुँदैन । यस्ता फलमा अक्जलेटको मात्रा बढि हुन्छ ।

जसले क्याल्सियमसंग मिलेर क्याल्सियम अक्जालेट क्रिस्टल बनाउँछ । साथै तरकारीमा पालुंगोको साग, गोलभेडाको प्रयोग गर्नु हुँदैन । त्यस्तै पत्थरीका बिरामीले फूलकोबी, भेन्टा, च्याउ, फर्सीजस्ता तरकारी पनि खानु हुदैँन ।

यी तरकारीमा युरिक एसिड बनाउने प्यूरिन न्यूक्लियोटाइडको मात्रा हुन्छ । जसले अक्जलेटको क्रिस्टल बनाउँछ र पत्थरीको समस्या उत्पन्न गराउँछ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ५ : ४१ बजे

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

काठमाडौं– दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३