भारतको मध्य प्रदेशमा पनि कर्फ्यू, सर्वसाधारणबाट विरोध « Khabarhub

भारतको मध्य प्रदेशमा पनि कर्फ्यू, सर्वसाधारणबाट विरोध


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको मध्यप्रदेशमा पनि आजबाट रातको समयमा कर्फ्यू लागु गरिएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि  मध्यप्रदेश सरकारले केही शहरमा आजदेखि राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

इंदौर, भोपाल, ग्वालियर,विदिशा र रतलाम शहरमा आजदेखि राति १० बजेदेखि बिहान ६ बजेसम्म हिडडुल गर्न पाइने छैन ।

तर, अत्यावश्यक सेवामा कार्यरत र उद्योगधन्दामा काम गर्ने श्रमिकलाई भने कर्फ्यूको समयमा पनि हिडडुल गर्न दिइने मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नागरिकले भने कर्फ्यूको विरोध गरेका छन् । शुक्रबार रातिबाट भारतको अहमदाबादमा पनि कर्फ्यू लगाइएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ७ : ३६ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको