कतारले नेपाली समुदायका परिवारहरुलाई खाद्यान्न सहयोग गर्ने « Khabarhub

कतारले नेपाली समुदायका परिवारहरुलाई खाद्यान्न सहयोग गर्ने


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपाली समुदायका परिवारहरुलाई कतार सरकारले खाद्यान्न सहयोग गर्ने भएको छ ।

कतारमा रहेका आप्रवासी समुदायका परिवारहरुलाई कतार च्यारेटीले खाद्यान्न ( फुड कीट) उपलब्ध गराई सहयोग गर्ने कार्यक्रम अन्तर्गत नेपाली समुदायका परिवारलाई सहयोग गर्न लागेको हो ।

नेपाली परिवारहरुको विवरण संकलन गर्न लागिएकाले खाद्यान्नको समस्या भएका नेपाली परिवारलाई सम्पर्क गर्न गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान आग्रह गरेका छन् ।

सहयोग प्राप्त गर्न आवश्यक पर्ने कागजातहरुमा पूरा नाम थर, कतार आईडी नम्बर, परिवारको सदस्या संख्या र कतार आईडिको प्रतिलिपी इमेल गर्न उनले आग्रह गरे ।

कतार सरकारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालयले परोपकारी संस्था कतार च्यारिटीमार्फत कोरोना भाइरसको महामारीबाट प्रभावित भएका आप्रवासी श्रमिकहरुलाई यसअघि पनि सहयोग गरेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ८ : २५ बजे

वीरगन्ज भन्सारद्वारा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ– वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८२–८३ मा

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज