अत्याधिक पानी पिउँनुहुन्छ ? यस्तो हुन्छ शरीरलाई हानी « Khabarhub

अत्याधिक पानी पिउँनुहुन्छ ? यस्तो हुन्छ शरीरलाई हानी


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पानी स्वास्थ्यका लागि अत्यावश्यक तरल पदार्थ हो । प्रायजसोले धेरै पानी पिउँनोस् भनेर सुझाएको पनि पाइन्छ ।

तर, आवश्यकताभन्दा धेरैपानी पिउँदा मोटोपन बढ्न सक्दछ ।

सामान्यतया मानिसहरू पानी पिएपछि तौल घट्छ र बोसो पग्लिन्छ भन्ने गर्दछन् । तर, चिकित्सकहरूका अनुसार, एक स्वस्थ व्यक्तिले दिनमा चार लिटर जति पानी पिउनुपर्छ ।

जिम गरेपछि, अभ्यास गरेपछि, धेरै मिहेनत गरेपछि अनि गर्मीमा पानीको मात्रा बढाउनुपर्छ । तर, दिनदिनै ६ लिटर जति पानी पिउन थाल्दा स्वास्थ्यमा असर पर्छ ।

शरीरमा बोसो जम्मा हुन थालेपछि हाम्रो तौल बढ्छ । जमेको बोसोका कोशिकाहरूमा पनि पानी हुन्छन् ।

यस्तो अवस्थामा आवश्यकताभन्दा धेरै पानी पिउँदा मिर्गौलाले शरीरबाट पानी निकाल्न सक्दैन । अनि त्यो बाँकी पानीले शरीरमा इलेक्ट्रोलाइटको सन्तुलन बिगार्दछ ।

त्यसले गर्दा शरीरमा पानी जम्मा हुन्छ र तौल बढ्दछ । यो पानी शरीरबाट निस्कन २४ घन्टा लाग्छ । तर, दिनदिनै धेरै पानी पिउँदा मोटोपन बढ्छ ।

धेरै सोडियम र कम पोटेसियम सेवन गर्दा बढी प्यास लाग्छ । नून सोडियमबाट बनेको हुन्छ र धेरै नूनिलो खाने मानिसलाई बढी प्यास लाग्छ ।

नूनले कोशिकाहरूबाट पानी बाहिर निकाल्छ । तपाईले धेर नूनिलो खाने गर्नुभएको छ भने तपाईका कोशिकाले मस्तिष्कलाई छिटोछिटो प्यास लागेको संकेत गराउँदछ ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ५ : ४९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको