द्वापर युगमै गरिएको थियो यस्तो भविष्यवाणी, अहिले सत्य सावित हुँदै « Khabarhub

द्वापर युगमै गरिएको थियो यस्तो भविष्यवाणी, अहिले सत्य सावित हुँदै


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आजपनि श्रीमद्भागवत महापुराणमा लेखिएका संस्कृत श्लोकले धेरै पहिलेदेखि मानिसलाई सत्य,धर्म र मोक्षको बाटोमा हिडाउन सहयोग गरेको छ ।

श्रीमद्भगवद् गीतामा भगवान कृष्ण र अर्जुनबीच महाभारतको युद्ध शुरु हुनै लागेको बेला ऋषि व्यासले धृतराष्ट्रलाई युद्ध हेर्ने ईच्छा भए दिव्य दृष्टि प्रदान गर्छु भन्दा धृतराष्ट्रले भन्नुभयो जन्मै देखि अन्धो भएकोले अब यो उमेरमा आएर दृष्टि मलाई चाहिन्न ।

यो दृश्य दृष्टि सञ्जयलाई दिनुहवस् जसले मलाई युद्धभुमीमा भएको संवादलाई सञ्जयले सुनाउन सकुन् ।

ऋषि व्यासले दिव्यदृष्टि सञ्जयलाई दिनुभएको थियो । जब युद्ध सुरु भयो युद्धमा भएका सबै गतिविधि सञ्जयले धृतराष्ट्रलाई सुनाएका थिए । आजभन्दा करिव ५००० वर्ष अगाडिको केही भविष्यवाणी गरिएको थियो जुन भविष्यवाणी अहिलै सावित हुदैछन् ।

भविष्यवाणी – १

श्रीमद्भागवतमा भनिएको छ । धर्म,सत्यता,स्वच्छता,सहिष्णुता,दया, उमेर,शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ ।

भविष्यवाणी – २

अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात,जरा, मासु,जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन् खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ ।

भविष्यवाणी – ३

कलियुगमा केवल धनलाई मात्र मानिसले सबैथोक मान्दछन् । राम्रो जन्म,उचित व्यवहार र असल गुणलाई गौण मानिनेछ । कानुन र न्यायिक निर्णय शक्तिशाली मानिसको हातमा जानेछ ।

भविष्यवाणी – ४

व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ । जीविकोपार्जन राम्रो गर्न सकेन भने समाजले व्यक्तिको मर्यादामा प्रश्न उठाउनेछन् । मानिसहरु अल्पज्ञानी हुनेछन् ,जो धेरै शब्दहरुमा खेल्न सक्छन् र गफ हाँक्न सक्छन् उ नै सबैभन्दा विद्वान र शक्तिशाली ठहरिनेछ ।

भविष्यवाणी – ५

कलियुगमा लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ । यो भने पुरा भएको छैन,तर मानिसको बाँच्ने औसत उमेर भने कम हुदै गएको छ । औषधि र डाक्टरको भरमा धेरै वर्ष बाँचिरहेका छन् ।

भविष्यवाणी – ६

नजिकका खोला,नाला,ताल तलैया फोहोर हुनेछन् एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सीमित हुनेछ ।

मानिसको सौन्दर्य उसको कपालमा छ भन्ने सोचिनेछ । पेट भर्ने र अरुलाई मानेर धन कमाउने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ ।

जसले परिवार पाल्न सक्छ जसले नियम बिपरित पैसा कमाउनेछ उ नै विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ ।

भविष्यवाणी – ७

सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस् ।

मालिकले परिवारमा पुस्तौबाट रहदैआएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन । जब दूध दिन छोड्दछन् तब गाईहरु बेवारिसे छिडिनेछन् वा मारिनेछन् वा मासुको लागि प्रयोग गरिनेछन् ।

भविष्यवाणी – ८

महिला र पुरुष एक अर्का प्रति आकर्षण भए मात्र मिलेर बस्नेछन् । व्यापारमा बढी नै छल हुनेछ र व्यापारी नाफामुखी हुनेछन् ।

मानिस सफल हुनको लागि विभिन्न जाल झेल गर्दछन् । पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाँधेको आधारमा व्राह्मण कहलिनेछ ।

भविष्यवाणी – ९

मानिसहरु चिसो, हावाहुरी, तापक्रमको वृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन् यसको साथै आपसी झगडा,भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन ।

भविष्यवाणी – १०

मानिससँग धन छैन भने समाजमा उसलाई कसैले पनि गन्ने छैनन् । छल,कपट र सुन्दर व्यक्तित्वलाई सद्गुण मानिनेछ । केवल मौखिक सहमति र सुन्दरतालाई विवाहको लागि आधार मानिनेछ र कसैले स्नान गरि राम्रो भएको छ भने वा राम्रो कपडा लाएको छ भने मात्र अरुको अगाडी आउन लायक छ ।

भविष्यवाणी – ११

मानिसहरुले आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन् । जसको फलस्वरुप आश्रममा लगेर राख्नेछन् ।

भविष्यवाणी – १२

कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन् । सबै मित्रवत सम्बन्धलाई त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन् ।

भविष्यवाणी – १३

संस्कार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाई धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ ।

भविष्यवाणी – १४

सहरहरुमा गुण्डा गर्दी र चोर तथा फटाहहरुले भरिनेछन् । वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ ।

राजनीतिक नेताहरुले बिस्तारै जनता भ्रममा वा भस्म पार्नेछन् । पण्डित तथा वुद्धिजिवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन ।

भविष्यवाणी – १५

जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफूलाइ शक्तिशाली देखाउन राजनीतिको चरम दुरुपयोग गर्नेछ ।

ज्यो. दुर्गा भण्डारी

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ११ : ११ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ